arrow

सवारीसाधनबारे विश्वका अनौठा नियमहरु, दिउँसै हेडलाइट बाल्नुपर्नेदेखि गीत बजाएको कर लाग्नेसम्म 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २४ मंगलबार
car.png

काठमाडौं । यादि सवारी चलाउने कुरा आउँछ भने यससँग जोडिएका कानुनहरुलाई गम्भीररुपमा लिनु जरुरी हुन्छ । यात्राको लागि यो नियमको निकै ठूलो महत्व पनि हुन्छ । सबै मुलकको सवारीबारे आफ्नै किसिमको नियम हुन्छ । 

केही मुलुकमा भने निकै अनौठो किसिमको सवारी कानुन रहेको छ । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ – 

फिनल्याण्डमा ड्राइभरलाई रेडियो चलाउने अधिकारको लागि कर तिर्नुपर्ने हुन्छ । उनीहरुले वार्षिक करिब ४० डलर भुक्तानी गर्नुपर्ने हुन्छ । जसको कारण ग्राहक नभएको बेलामा चालकहरु गीत बन्द गरिदिने गर्छन् । 

थाइल्याण्डमा सवारी चलाइरहेको समयमा पुरुषले सर्ट लगाउनु आवश्यक हुन्छ । 

डेनमार्क र स्वीडेनमा दिउँसो पनि गाडीको हेडलाइट बाल्नु जरुरी हुन्छ । यहाँ हेडलाइट बन्द गरिनु कानुनी अपराध मानिन्छ । 

स्विट्जरल्याण्डमा आइतबार बिहान कार धुन मनाही गरिएको छ । उनीहरुलाई शनिबार राति ठूलाे आवाज आउने गरी सवारी चलाउन रोक लगाइएको छ । 

स्पेनमा चस्मा लगाएर गाडी चलाउने चालकले चस्माको अर्को जोडी गाडीमा राख्नु जरुरी हुन्छ ।
 
रुसमा गाडी चलाउनको लागि सफाइमा पूर्ण प्रतिबद्ध हुनुपर्ने नियम छ । 

साइप्रस यस्तो देश हो, जहाँ कारमा केही खान र पिउन पाइँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ