arrow

संघीय संसदको बुधबारको बैठक अन्यौलमा, सभामुख पेलेरै जाने मनस्थितिमा 

कांग्रेस भन्छ – जहाँबाट अवरोध भयो त्यहीँबाट चालु गरौं  

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
sanghiya-samsad.png

काठमाडौं । संघीय संसदको बुधबार तोकिएको बैठक संचालन हुनेमा अन्यौल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार संसदमा सम्वोधन गरेपछि प्रश्नोत्तरको कार्यक्रम नराखिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो । 

काँग्रेस सांसदहरुलाई प्रश्न सोध्न नदिएका सभामुख कृष्णबहादुर महरा र प्रमुख प्रतिपक्षी काँग्रेस आ–आफ्नै अडानमा रहेकाले बुधबार दिउँसो १ बजे डाकिएको बैठक बस्नेमा अन्यौल छ । 

प्रधानमन्त्रीले सम्वोधन गरेपछि प्रश्न गर्न नपाएको भन्दै जहाँबाट बैठक अवरोध भएको थियो त्यहीबाट बैठक चालु गर्नु पर्ने अडान काँग्रेसले राखेको छ । सभामुख महराले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । 

अघिल्लो बैठकमा सभामुखले सहमति र विधि प्रक्रिया उल्लंघन गरेकाले महराले माफी माग्नु पर्ने र आगामी दिनमा पेलेर जाने मानसिकता त्याग्नु पर्ने काँग्रेसको माग छ । 

सभामुख महराले अगाडि बढिसकेको प्रक्रियामा फेरि फर्कन सकिँदैन र यस पटक प्रश्नोत्तर गराउन सकिदैन भन्दै आएका छन् । उनले अर्को पटकदेखि गराउँला भन्दै प्रतिपक्षीको मागलाई बेवास्ता गरेका छन् । 

महराको यही अडानका कारण अस्ती बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि अनिर्णीत भएको थियो । 

संसदको नियमावलीमा संसद अवरोध भएको अवस्थामा बैठक अगाडि बढाउन नमिल्ने व्यवस्था रहेको छ । 

गत २२ गते आइतबारको बैठकमा सभामुखले दुई तीन चरणमा नियमावलीको उल्लंघन गरेको भन्दै पुर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल, बाबुराम भट्टराई, पुर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत अन्य पार्टीका नेताहरुले पनि महराको आलोचना गरेका छन् ।

कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाउने भए संसदबाट हैन सिंहदरबारबाट भाषण गर्न पनि चुनौती दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ