arrow

ऋतिकका बुवा निर्देशक राकेश रोशनलाई क्यान्सर

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
hritik.JPG

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनका बुबा तथा निर्देशक राकेश रोशन घाँटीको क्यान्सर भएको छ । सो कुराको जानकारी ऋतिकले आफ्नो सामाजिक सञ्जालमा दिएका छन् ।

ऋतिकले ट्विटरमा आफ्नो बुबाको नाममा एक म्यासेज लेखेका छन् । जसमा उनले बुबा राकेश रोशनको सर्जरी हुन लागेको बताएका छन् । ऋतिकको पोष्टमा फ्यानदेखि लिएर बलिउड स्टारसम्मले स्वास्थ्य लाभको कामना गरेका छन् ।

ऋतिककी पूर्व पत्नी सुजैनले पनि उक्त पोष्टमा कमेन्ट गरेकी छन् । सुजैनले पोष्टमा लेखेकी छन् , ' वहाँ सुपर हीरो भन्दा स्ट्रोङ हुनुहुन्छ , मलाई थाहा छ सबै कुरा शान्तिले पुरा हुनेछ ।'

राकेश रोशन भन्दा पहिले पनि बलिउडका कयौ  कलाकारलाई क्यान्सर भइसकेको छ । निकै समयदेखि अभिनेत्री सोनाली बेन्द्रे क्यान्सरसँग जुधिरहेकी छन्  । साथै ऋषि कपूर पनि क्यान्सरको उपचार गर्नको लागि अमेरिका गएका थिए । तर सो कुराको औपचारिक पुष्टि भने कपूर परिवारले गरेको छैन ।  

राकेश रोशन छोरा ऋतिकलाई लिएर चलचित्र 'कृष ४' को निर्माणको तयारीमा थिए ।  यो सँगै चलचित्रको सुटिङमा ढिलाई हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ