arrow

१३औंं महाधिवेशनको बन्दसत्र : २६ पृष्ठ लामो नीति तथा कार्यक्रमले के–के समेट्यो ?

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
banda-satra.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनको दोस्रो दिन शुक्रबार बन्दसत्र आरम्भ भयो । बन्दसत्रमा पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलले तयार पारेको नीति तथा कार्यक्रमको प्रस्तावित मस्यौदा प्रस्तुत भएको छ । मस्यौदाको पूर्ण पाठ केन्द्रिय सदस्य महेश आचार्यले वाचन गरे । यसअघि नेपाली कांग्रेसका महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले महामन्त्रीको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् ।
 
२६ पृष्ठ लामो प्रस्तुत नीति तथा कार्यक्रममा मुख्य राजनीतिक प्रस्ताव, वर्तमान राजनीतिक परिवेश र नेपाली कांग्रेस, परिवर्तनको नेतृत्व र नेपाली कांग्रेस, संविधानको कार्यान्वयन, पीडित शोषित जनताप्रतिको दायित्व, सामाजिक नीति तथा कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसको सामाजिक दृष्टिकोण, दलितका सवाल, महिलाका सम्बन्धमा, विपन्न तथा जेष्ठ नागरिक सम्बन्धमा, अपांगता भएको समुदाय, युवाका सम्बन्धमा, तराई मधेसका मुद्धाहरुका सम्बन्धमा, कर्णाली–दुर्गम हिमाली क्षेत्रका सम्बन्धमा, आदिवासी जनजाति, थारु, मुस्लिम, अल्पसंख्यक समुदाय, विदेशस्थित जनसम्पर्क समितिहरुबारे उल्लेख छ ।
 
यस्तै, आर्थिक नीतिमा मूल नीति, आर्थिक पुनः निर्माण, आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु अन्तर्गत कृषि क्रान्ति, पर्यटन विस्तार, उर्जा विकास, सहरीकरण र आर्थिक वृद्धि, भौतिक पूर्वाधार आदि छन् । नीति तथा कार्यक्रममा अन्य सम्भावनाहरु र विकासको वातावरण  शिर्षक अन्तर्गत सबैलाई गुणस्तरिय शिक्षा, सबैदलाई भरपर्दो स्वास्थ्य सेवा, श्रम तथा रोजगार आदिको विस्तारमा चर्चा गरिएको छ ।
 
पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टी, संगठन र सुदृढीकरण र पार्टीको प्रतिवद्धता समेत नीति तथा कार्यक्रममा प्रस्तुत छ । महामन्त्रीद्धयको प्रतिवेदनमा शान्ति प्रकृया र पहिलो संविधान सभाको अवसान, दोस्रो संविधान सभाको निर्वाचन, दोस्रो संविधान सभा–संसदबाट सरकार गठन र संविधान निर्माण, विनासकारी भूकम्प र नेपाली कांग्रेसको भूमिका, संविधान घोषणापछिको अवस्थाबारे उल्लेख छ ।
 
यस्तै, पार्टीको आन्तरिक संगठन, केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेका कार्यक्रमहरु, महाधिवेशनको कार्यतालिका, तेह्रौ महाधिवेशनको तयारी, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति–२०७२, महाधिवेशन तयारीका लागि विभिन्न समितिहरुको गठनआदी उल्लेख छ ।
कोषाध्यक्षको प्रतिवेदनमा आर्थिक वर्ष २०६७–६८, ०६८–६९, २०६९–७०, २०७०–०७१, २०७१–०७२ मा भएका आय–व्यय विवरण समावेश छ । महाधिवेशनको बन्द सत्रबारे पार्टीका प्रचार विभाग प्रमुख मिनेन्द्र रिजालले महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डपमा पत्रकार सम्मेलनमार्फत जानकारी गराए । राजनीतिक प्रतिवेदनबारे ममूहमा भने छलफल हुने छैन । एकै पटक शीर्ष नेताले संशोधन राख्ने रिजालले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ