arrow

के हुन्छ बुधबारको संसदमा ? के हो काँग्रेसको रणनीति ?

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
Parliament_building.png

काठमाडौं । आईतबार प्रतिनिधि सभा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि सुरु भएको संसदीय झमेलाले बुधबार पनि प्रवेश पाउने आकलन गरिएको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न गर्न नदिएसम्म संसद चल्न नदिने निर्णय गरेसँगै बुधबारको संसद पनि सौहार्द रुपमा चल्नेमा शंका गर्न थालिएको छ । 

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषाल १२ बजेको लागि बोलाईएको कार्यव्यवस्था समितिको बैठकबाट थप रणनीति तय हुने बताउँछिन् । आफूहरुको माग प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्छ भन्ने रहेको भन्दै उनले प्रधानमन्त्रीले संसदमा आएर बोलेको वक्तव्यमा सांसदहरुले आफ्नो प्रश्न गर्न नदिने हो भने संसदमा पहिले जस्तै विरोध गर्न आफूहरु बाध्य हुने प्रतिक्रिया दिईन् । सभामुखले यसमा समय मिलाईदिने विश्वास भुषालको थियो । 

तर, संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिकामा भने भुषालले भनेजस्तो प्रधानमन्त्रीसँग प्रश्न गर्ने कार्यतालिका राखिएको छैन । सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले मंगलबार जारी गरेको सूचनामा संसद बैठकको सुरुमा नै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा सञ्जीकरण विधेयक प्रस्तुत गर्ने कार्यतालिका राखिएको छ । त्यसलगत्तै कानून न्याय तथा संसदीय मामला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ । 

तेस्रो कार्यतालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ भने त्यसपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले जीवनाशक विषदी व्यवस्थापन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ । त्यसपछिको अन्तिम कार्यक्रममा कानून मन्त्री ढकालले प्रशासकीय खदालत विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ । 

बुधबार संसद बैठक अघि यदि यो कार्यतालिका परिमार्जन भएन भने काँग्रेसले माग गरे अनुरुप प्रधानमन्त्रीसँग प्रश्न सोध्ने कार्यतालिका राखिएको छैन । यस्तो अवस्थामा बुधबारको बैठकमा पनि संसद शान्तिपूर्ण रुपमा चल्नेमा भने शंका कायमै छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ