- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मानिसहरुको लागि मोबाइल चलाउँदाको समयमा आइपर्ने समस्या सफाइ गर्नु पनि हो । मोबाइलको विभिन्न भागमा अड्किएको धुलो तथा अन्य फोहोरले मोबाइल चाहे अनुसारको गतिमा चल्न सक्दैन । यस्तोमा लेक्सन कम्पनीले सफाइ पनि गर्नसक्ने ‘स्मार्ट चार्जर ल्याउने भएको छ ।
सीईएस–२०१९’ को पूर्वसन्ध्यामा कम्पनीले यो उत्पादन सार्वजनिक गरेको हो । यो उत्पादनले बैजनी अल्ट्राभ्वायोलेट किरणको माध्यमबाट बाहिरबाट फोनको सफाइ गर्नसक्छ । यसले अहिले धेरै प्रयोगकर्ताको महत्वपूर्ण समस्या पनि समाधान हुनसक्ने बताइएको छ ।