arrow

निर्दोषले कटाए २५ वर्ष जेल सजाय, पाए ७ करोड ५० लाखको क्षतिपूर्ती

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
nirdosh.jpg

काठमाडौं । कानुनको सबैभन्दा ठूलो सिद्धान्त बरु सय दोषी छुटुन् तर एक पनि निर्दोषले सजाय नपाउन् भन्ने हुन्छ । यद्यपि चीनमा एक निर्दोष व्यक्तिले २५ वर्ष जेलमा बिताएका छन् ।

चिनियाँ नागरिक लियु झोंगलिनले १८ वर्षीया युवतीको हत्याको आरोपमा २५ वर्ष जेल सजाय काटेका हुन् । २५ वर्षपछि अदालतले उनलाई निर्दोष रहेको फैसला सुनाएको हो । अदालतको फैसलासँगै उनले ७ करोड ५० लाखभन्दा बढी क्षतिपूर्ति पनि पाएका छन् । उनी जिलिन प्रान्तको जेलमा बन्दी बनेका थिए ।

यो गलत आरोपको कारण लियूको जीन्दगीको २५ वर्ष खेर गएको छ । यो मामिला सन् १९९० को हो । जतिबेला डोंगलिओ काउन्टीको खेतमा महिलाको लाश फेला परेको थियो । केही जाँचपछि लियूमाथि उक्त हत्याको आरोप लागेको थियो र उनलाई दोषी ठहर गरिएको थियो । तयसपछि सन् २०१६ म लियू जेलबाट रिहा भएका थिए ।

२५ वर्ष जेल सजाय पाइसकेपछि २०१८ को अप्रिलमा चिनियाँ उच्च अदालतले उनीमाथि लागेको आरोप झुटो र अस्पष्ट रहेको भन्दै निर्दोष साबित गरेको थियो । लियूले जति क्षतिपूर्ति पाए पनि आफ्नो जीन्दगीको २५ वर्ष फिर्ता नआउने प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ