arrow

सांसदको प्रश्नमाथि जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, संसदमा काँग्रेस नरम

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
krishna-bahadur-mahara.JPG

काठमाडौं । प्रतिनिधि सभा संसदले सार्वजनिक महत्वको प्रस्तावमा सांसद्हरुले राखेको प्रश्नको उत्तर दिन प्रधानमन्त्री र मन्त्रीहरुलाई निर्देशन दिएको छ । बुधबार सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१९ बमोजिम प्रतिनिधि सभामा सरकारका मन्त्री तथा प्रधानमन्त्रीहरुले राष्ट्रिय महत्वको प्रस्ताव पेश गरेपछि सांसदहरुको प्रश्नको उत्तर दिनुपर्ने व्यवस्था रहेको भन्दै उनले सार्वजनिक महत्वको विषयमा बोलिसकेपछि सांसदहरुको प्रश्नको जवाफ पनि दिन निर्देशन दिएका हुन् । 

महराले निर्देशन दिनुपूर्व नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदको गरिमा कम हुनेगरी सरकारका मन्त्री र प्रधानमन्त्रीहरु संसदमा सदस्यहरुको प्रश्नको जवाफ दिन छाडेको भन्दै आपत्ति जनाएका थिए । सरकार जहिलेपनि संसदप्रति जवाफदेहि हुने र जनताको प्रतिनिधिहरुले सरकारसँग जुन सुकै विषयमा पनि प्रश्न गर्न पाउने संसदीय अभ्यासलाई सरकारले भुल्दै गएको र सभामुखले पनि त्यसमा सरकारलाई सहयोग गरेको भन्दै यसमा आपत्ति जनाएका थिए । 

खाँणले नेपाली काँग्रेस संसदको रोष्ट्रममा जानु पर्ने स्थिती दुखद् रहेको भन्दै प्रमुख प्रतिपक्षी दलले उठेर विरोध जनाउँदा जनाउँदै सभामुखले संसदको काम अघि बढाउनुले पनि संसदको गरिमा घटाएको बताएका छन् ।

खाँणको विषयमा ध्यानाकर्षण जनाउँदै सभाुमखले सरकारलाई यस्तो निर्देशन दिएपछि संसद् सौहार्दपूर्ण रुपमा चलेको छ । प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाएसम्म संसद् चल्न नदिने अडानमा रहेको काँग्रेस पनि संसदमा बुधबार नरम रुपमा प्रस्तुत भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ