arrow

सुजाता कोइरालाको उम्मेदवारी खुल्ला सदस्यमा, साथमा ‘डिना’

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
sujata-koirala.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको खुलातर्फको केन्द्रीय सदस्यमा दुई महिलाको उम्मेदवारी परेको छ । बिहीबारदेखि सुरु भएको नामावली दर्तामा आज बिहान नेत्री सुजाता कोइराला र महालक्ष्मी उपाध्याय ‘डिना’ले नाम दर्ता गराएका छन्  ।
 
खुला केन्द्रीय सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ । नेत्री कोइरालाले सभापतिमा उम्मेदवारी दिने चर्चा चले पनि बिहीबार बिहान पत्रकार सम्मेलन गरी कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापतिमा समर्थन  गरेकी छन् । कार्यवाहक सभापति  पौडेलले उप-सभापति दिने बताएपछी सुजता पछि हटेकि हुन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ