arrow

जहाँ पुरुषलाई दुई विवाह गर्नु अनिवार्य छ

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
weeding.jpg

काठमाडौं । कुनै जामानामा राजाहरुले दुई वा तीन रानीहरु बनाउने गर्थे । उनीहरु आफ्नो इच्छाअनुसार विवाह गर्ने गर्थे । यद्यपि विश्वको यस्तो पनि मलुक छ, जहाँ पुरुषलाई दुई विवाह गर्नु अनिवार्य हुन्छ ।

दक्षिणी अफ्रिकामा रहेको इरिट्रियामा प्रत्येक पुरुषलाई दुई विवाह गर्नु अनिवार्य हुन्छ । यदि कुनै पुरुषले दुई विवाह गरेन र दुई पत्नी राखेन भने उसले कारबाहीको सामना गर्नुपर्ने हुन्छ । जसको कारण जेल पनि हुनसक्ने नियम छ ।
 
सरकारको यस्तो अनौठो किसिमको नियमको प्रमुख कारण यो मुलुकमा महिलाको संख्या अत्यधिक हुनु रहेको छ । पुरुषको संख्या निकै कम हुनुको कारण इथियोपियासँग भएको गृहयुद्ध प्रमुख कारण हो ।

पुरुषलाई दुई विवाहको नियका साथै यो मुलुकमा महिलाको लागि पनि निकै कडा नियम बनाइएको छ । जहाँ कुनै महिलाले पतिको दोस्रो विवाहमा अड्चन थाप्ने काम गरे उनलाई जन्म कैदको सजाय हुने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ