arrow

‘कुलेखानीको ड्याम खतरायुक्त भयो जोगाउनु पर्‍यो’

जलाधार क्षेत्र मासिन लागेको भन्दै सरकारलाई सक्रिय हुन आग्रह

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
kulekhani-dam-1.jpg

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षण गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभामा बुधबार बोल्दै राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले तालमा माटोहरु भरिँदै गएको र ड्याम समेत खतरायुक्त रहेको भन्दै यसको संरक्षणमा लाग्नको लागि सरकारसँग आग्रह समेत गरेका छन् । 

उनले भूकम्प पछि थिलो थिलो भएको त्यो ड्याम फुट्यो भने सर्लाही र रौटहट लगायतका तराईका जिल्लाहरु सबै बगाउने भन्दै ड्याम जोगाउन तर्फ समयमा नै सचेत बन्न पनि सरकारलाई उनले सुझाएका छन् । माटो थपिँदै जाँदा पनि त्यो ड्याममाथि खतरा थपिएको पनि विडारीले प्रतिक्रिया दिए । 

त्यस्तै, बज्रबाराही, चित्लाङ। मार्फु भञ्ज्याङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा सबै काटेर सक्न लागिएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । त्यहाँका निर्माण कार्यहरु, सडक निर्माणका कार्यहरु, उत्खननका कार्यहरुमा जुन प्रकारले सरकारले संरक्षण गर्नुपर्ने हो । त्यो संरक्षण गर्न नसकिएको आरोप बिडारीले लगाएका छन् । 

ती क्षेत्रहरुमा सरकारले छिट्टै नै संरक्षणका कार्यक्रमहरु नल्याउने हो भने त्यो ठाउँमा भयावह स्थिती सिर्जना हुनसक्ने तर्फ पनि उनले चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ