arrow

भित्ते लेखन नगरेको कांग्रेसले पर्चा पोख्यो, फेरि पुरानै पारा

logo
प्रकाशित २०७२ फागुन २१ शुक्रबार
parcha-@@.jpg.jpeg
काठमाडौं । १३औं महाधिवेशन व्यवस्थापनबारे निर्णय गर्न फागुन १३ गते विहिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको प्रचार प्रसारमा भित्ते लेखन र पोस्टर प्रयोग नगर्ने निर्णय गरेकाको थियो । सोही अनुसार भित्ते लेखन र पोस्टर टाँस्ने काम भएन । तर, महाधिवेशनस्थलमा भुइभरी पर्चा पम्पलेट पोख्ने कार्य भने विगत झँै दोहोरियो । आफैले पोखेका पर्चा नेता कार्यकर्ताले कुल्चिरहे ।
 
 भृकुटीमण्डपको प्रदर्शनी हलमा महाधिवेशनको बन्द सत्र चलिरहँदा बाहिर प्रदर्शनी मार्गमा उम्मेदवारको प्रचार प्रसार तीव्र बन्यो । त्यो क्रम निर्वाचन नसकिए सम्म रहनेछ ।  पार्टी सभापति, महामन्त्री र कोषाध्यक्षका तीन वटै उम्मेदवार तथा केन्द्रीय सदस्यका प्रत्याशीको ठूला तस्वीर र फ्लेक्स ब्यानरसहित प्रचार गरेका दृष्य पनि देखिए । पद्मोदय मोडदेखि राष्ट्रियसभागृहसम्मको सडकमा उम्मेदवारको पर्चा, पम्प्लेट छरपस्ट थिए । काँग्रेस नेता कार्यकर्ताको भिड थियो । 
 
१३ गते भएको निर्णय 
नेपाली काँग्रेसको महाधिवेशनको प्रचार प्रसारका लागि भित्तेलेखन र पोस्टर प्रयोग नगर्ने भएको छ । महाधिवेशनका लागि शहर बजारलाई कुरुप र फोहर बनाउने खालका प्रचारको उपाय नअपनाउने निर्णय गरिएको काँग्रेस केन्द्रीय सदस्य तथा महाधिवेशन प्रचार समितिका सदस्य बद्री पाण्डेले बताए ।  
 
दलहरुले गर्ने भित्तेलेखन र पोस्टरिङले सार्वजनिकस्थल फोहर र प्रदूषित देखिने निष्कर्ष निकाल्दै काँग्रेसले देशभरका मुख्य मुख्य ठाउँलाई रङ्गीचङ्गी बनाउने खालका प्रचारका उपाय अपनाउने तयारी गरेको छ । साथै विद्युतीय प्रचारलाई बढी जोड दिने तयारी छ । समितिले महाधिवेशनको सूचना सञ्चारमाध्यमलाई सहज र शीघ्र तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र सूचना केन्द्रलाई सुविधायुक्त एवं व्यवस्थित बनाउने तयारी समेत गरिरहको छ । 
 
सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतको अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार समितिका प्रमुख मिनेन्द्र रिजालले जानकारी दिए । ‘भित्तेलेखन र पोस्टरिङको विकल्पमा मुख्य चोकमा सूचनापाटी, स्वागतद्वार, फ्लेक्स आदि प्रयोग गरिनेछ’– रिजालले भने, ‘रेडियो, टेलिभिजन र अनलाइनको पनि सहयोग लिने भएका छौँ ।’ महाधिवेशनको उद्घाटनसत्र, बन्दसत्र र घोषणासभाका मुख्य प्रसङ्गको प्रत्यक्ष प्रसारणको व्यवस्था गरिने बताइएको छ । तर, प्रचार शैली केही हद सम्म नयाँ देखिए पनि पर्चा पम्पलेट छर्ने परम्परा अन्त्य भएन महाधिवेशन स्थल फोहर बन्यो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ