arrow

आकार बदल्न सकिने टीभी ल्याउँदै सामसुङ

logo
प्रकाशित २०७५ पुष २५ बुधबार
fold-tv.gif

काठमाडौं । अमेरिकोको लस भेगासमा विश्वकै सबैभन्दा ठूलो प्रविधि मेल ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो’ मंगलबारदेखि अमेरिकामा शुरु भएको छ । शुक्रबारसम्म जारी रहने यो मेलामा विश्वभरका प्रमुख प्रविधि कम्पनीहरुले आफ्नो नयाँ प्रविधिबारे जानकारी दिनेछन् ।

यसअघि यो सम्मेलनको विषयमा जानकारी प्रेस–डेको आयोजना गरिएको थियो । यो सम्मेलनमा ४५०० कम्पनीहरुले स्मार्टफोन, कम्प्युटर, टीभी, ड्रोन, टेलिकम, यातायात, स्मार्ट होमलगायतका आदि आविष्कारहरु प्रस्तुत गर्दैछन् । यसले आगामी दिनमा प्रविधि बजारको दिशा दिनेछन् ।

सीईएसको आयोजना सन् १९६७ देखि हुँदै आइरहेको छ । यो मेला आयोजना गर्न २७ लाख ५० हजार वर्ग फिटको क्षेत्र रहेको छ । एक लाख ८० हजारभन्दा बढी मानिसहरु यो शो हेर्न आउने गरेका छन् । जसमा ६५ सय सञ्चारकर्मी रहेका छन् ।

सीईएस सम्मेलनको पूर्वसन्ध्यामा केही कम्पनीहरुले प्रेस शो गरेका छन् । सोमबार गरिएको उक्त शोमा उनीहरुले आफ्नो महत्वपूर्ण उत्पादन पनि सार्वजनिक गरेका छन् । जसमा केही रोचक उत्पादन पनि रहेका छन् ।  यो क्रममा सामसुङले माइक्रो एलईडी टीभीको अवधारणा ल्याएको छ । यो टीभी ७५ इन्चको छ । यद्यपि यसलाई आवश्यकता अनुसार सानो बनाएर पनि हेर्न सकिन्छ । माइक्रो एलईडीको प्रयोग बिलबोर्डमा गरिँदै आएको थियो । पहिलोपटक यो टीभीमा विकसित हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ