फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गर्ने युवक पक्राउ

प्रकाशित मिति : २०७५ पौष २५ बुधबार
फाइल तस्विर

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई आज पक्राउ गरिएको छ ।

प्रदेश नं १ प्रहरी कार्यालयको जानकारीअनुसार इटहरी उपमहानगरपालिका–१० का २३ वर्षीय रमेश राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

राईले फेसबुकमार्फत चिनजान भएकी एक महिलालाई जागिर लगाइदिने भन्दै गत यही पुस २० गते धरानमा भेटघाट गरी इटहरीको एक होटलमा बन्धक बनाइ मङ्गलबारसम्म जबर्जस्ती करणी गरेको पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ