arrow

काँग्रेस महाधिवेशनमा समाचार संकलनका लागि सूचना विभागको प्रेस पासलाई मान्यता

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
parcha-@@.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनको समाचार सङ्कलनका लागि भोलिदेखि सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा महाधिवेशनस्थलमा प्रवेश गर्न दिइने व्यवस्था गरिएको छ । 
 
महाधिवेशन केन्द्रीय प्रचारप्रसार समितिले भोलिदेखि सूचना विभागको प्रेसपासका आधारमा समाचार सङ्कलनका लागि महाधिवेशनस्थलमा प्रवेशको व्यवस्था गरेको हो। 
 
काँग्रेसले महाधिवेशनका लागि पत्रकारलाई छुट्टै परिचयपत्रको व्यवस्था गरेको भए पनि सहजताका लागि यस्तो व्यवस्था गरिएको प्रचारप्रसार समितिका संयोजक डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । 
 
महाविधेशनको समाचार सङ्कलन तथा संप्रेषणका लागि स्रोतसाधन सम्पन्न छुट्टै मिडिया सेन्टरकोसमेत व्यवस्था गरेको छ । समाचार सङ्कलन केन्द्र तीव्रगतिको इन्टरनेट, १७ वटा नयाँ कम्युटरलगायतका सामग्रीको व्यवस्था गरिएको समाचार सङ्कलन केन्द्र संयोजक कवीर राणाले जानकारी दिनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ