arrow

नेपाली मुलका भण्डारी हिन्दूग्रन्थ बेद लिएर छिरे अमेरिकी संसदमा 

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
harry-bhandari-usa.jpg

काठमाडौं । नेपाली मुलका ह्यारी भण्डारी अमेरिकी संसदमा प्रवेश गरेका छन् । अमेरिकास्थित मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) मा उनी निर्वाचित भएका हुन् । भण्डारी हिन्दूधर्मको पवित्र ग्रन्थ बेद लिएर संसद भवन प्रवेश गरेका हुन् । 

बुधवार दिउँसो सबै सांसदहरु जस्तै समूहमा शपथ लिएपछि सभामुखबाट प्रदान गरिने सभासदको प्रमाण पत्र लिन जाँदा उनको हातमा बेद थियो ।

अमेरिकन डेमोक्रेटिक पार्टीका मेरिल्याण्ड केन्द्रीय सदस्य समेत रहेका भण्डारी गत नोभेम्बरमा मेरिल्याण्ड राज्यस्थित डिष्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्स निर्वाचित भएका थिए ।

निर्वाचित भएर अमेरिकाको संसदमा प्रवेश गर्ने भण्डारी नेपाली मुलका पहिलो अमेरिकी नागरिक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ