arrow

विश्व प्रविधि मेलमा सार्वजनीक भए महत्वपूर्ण प्रविधि

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
ces-usa.jpg

काठमाडौं। ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो’ सँगै विश्वमा महत्वपूर्ण प्रविधि सार्वजनीक हुने भएका छन्। मंगलबारदेखि अमेरिकामा शुरु भएको सीईएस मेलामा विश्वभरका प्रमुख प्रविधि कम्पनीहरुले आफ्नो नयाँ प्रविधिबारे जानकारी दिइरहेका छन्।

सम्मेलनमा ४५०० कम्पनीहरुले स्मार्टफोन, कम्प्युटर, टीभी, ड्रोन, टेलिकम, यातायात, स्मार्ट होमलगायतका आदि आविष्कारहरु प्रस्तुत गर्दैछन्।  सीईएसको आयोजना सन् १९६७ देखि हुँदै आइरहेको छ । त्यस मध्ये सीईएसमा ५ जीका उत्पादन,  पट्याउन सकिने स्मार्टफोन , स्मार्ट होमका लागि गुगल र एमजनको होड , अत्यधिक रिजोलुसन भएको टीभी र यातायातमा ११ कम्पनीको महत्वपूर्ण प्रविधि बढि चर्चामा रहेका छन्।

५ जीका उत्पादन
यो शोमा सबैभन्दा चर्चामा रहेको विषय हो – ५जी प्रविधि र यससँग सम्बन्धित उतपादनहरु। चिप निर्माता डिभाइस निर्मातादेखि लिएर टेलिकम अपरेटरहरुसम्म यो प्रविधिसँग जोडिएका उत्पादनहरु सार्वजनिक गर्दैछन्। यो उत्पादनहरु रुस्मार्टफोनसम्म मात्र सीमित हुँदैनन्। यसको प्रयोग गर्ने अन्य क्षेत्रका उत्पादनहरुमा पनि गर्न सकिन्छ।

पट्याउन सकिने स्मार्टफोन
विश्वका केही कम्पनीहरु अहिले आफ्नो पट्याउन मिल्ने किसिमको स्मार्टफोन पेश गर्ने योजना बनाइरहेका छन्। सामसुङले सन् २०१८ को अन्तिममा यसको एक झलक पेश गरेको थियो। त्यसका साथै सीईएस–२०१९ मा एलजी, रोयल र साओमीले आफ्नो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ। लामो समयदेखि पट्याउन मिल्ने स्मार्टफोनबारे चर्चा हुँदै आएको छ।

स्मार्ट होमका लागि गुगल र एमजनको होड
गुगल र एमजनको बीचको स्मार्ट होमका उत्पादनको बीचमा प्रतिस्पर्धा हुनसक्ने देखिएको छ । गुगल एसिस्टेन्ट र एमजन एलेक्साको बचिमा स्मार्ट होमको अपरेटिङ सिस्टम बनाउने होडमा लागेका हुन् । फ्रिज, एसी, लाइटिङ, माइक्रोवेबको लागि सम्झौता गरेका छन्। यी क्षेत्रसँग सम्बन्धित उत्पादन सार्वजनिक गरिनेछ । यसका साथै दुवैले आफ्नो निर्देशनका पछिल्ला भर्सनहरु सार्वजनिक गर्नसक्ने बताइएको हो। एलेक्साको स्पीकर सीस्टमको नाम इको छ भने गुगलको सिस्टमको नाम गुगल होम हो।

अत्यधिक रिजोलुसन भएको टीभी
टेलिभिजन आविष्कारको करिब नौ दशक भइसकेको छ। यसमा पछिल्लो समय भने केही महत्वपूर्ण आविष्कार भएका छन्। सीईएस शोमा ८ हजार रिजोलुसनको टीभी सार्वजनिक गरिनेछ। विशेषगरी सामसुङ र एलजीको टीभीको चर्चा चलिरहेको छ। मुभिङ स्पीकर भएका टेलिभिजन सेट पनि यो शोमा सार्वजनिक हुनसक्ने बताइएको छ।

यातायातमा ११ कम्पनीले ल्याउँदैछन् महत्वपूर्ण प्रविधि
स्वचालित कारसँग जोडिएका प्रविधिको विस्तार पछिल्लो समय लगाताररुपमा भइरहेको छ। यो उत्पादनबारे धेरै उत्पादनहरु सार्वजनिक पनि भइसकेका छन्। यस वर्ष भने ११ ठूला कार कम्पनीहरुले आफ्नो उत्पादन सार्वजनिक गर्ने भएका छन्। जसमा केही कारको अवधारणा पनि आउनसक्ने बताइएको छ। त्यसका साथै चिप, सेन्सर, डिस्प्ले र भ्वाइस टेकको बारेमा पनि केही महत्वपूर्ण उत्पादन आउनसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ