arrow

यी महिलाको लागि विश्वका सर्वाधिक धनी बेजोसले श्रीमतीलाई दिए डिभोर्स

logo
प्रकाशित २०७५ पुष २६ बिहिबार
mackenzie-bezos.jpg

काठमाडौं । फोब्र्सको २०१८ को धनीहरुको सूचीमा पहिलो स्थानमा रहेका जेफ बेजोसले आफ्नी पत्नीसँग डिभोर्स दिएका छन् । अमेजनका संस्थापक समेत रहेका उनले अर्की एक महिलाको लागि २५ वर्ष पुरानो प्रेम सम्बन्धमा रहेकी श्रीमतीलाई डिभोर्स दिएका हुन् । 

उनको २५ वर्षे बैबाहिक सम्बन्धलाई जित्न सक्ने ती महिला को हुन् त ? यो सवाल धेरैकोलागि चासोको विषय बनेको छ । जेफ तथा मैकेन्जी लरेन नामक एक महिलाको प्रेम कहानी सार्वजनिक भएकोले उनले तिनै महिलाको लागि पुरानी श्रीमतीलाई डिभोर्स दिएको हुनसक्ने बताईएको छ । 

अन्तरराष्ट्रिय मीडियाहरुमा आएको समाचारका अनुसार जेफ बेजोसले पत्नीलाई डिभोर्स दिनुको कारण आफू अर्की एक महिलासँग जीवन विताउन चाहेको प्रतिक्रिया दिए । उनले दोस्री महिला को हुन् भन्ने बारेमा भने केही बताएनन् । तर, आफूहरु एकले अर्काेलाई एकदमै धेरै माया गर्ने दाबी गरेका छन् । 

द इन्क्वायर तथा न्यू योर्क पोस्टका अनुसार बेजोस पूर्व टेलिभिजन प्रस्तोता लरेन स्यानचेजसँगको सम्बन्धमा थिए। लरेन हलिउड ट्यालेन्ट प्याट्रिक वाइटसेलकी पत्नी हुन् । लरेन टेलिभिजन प्रस्तोता मात्रै नभएर हेलिकप्टर पार्इलट पनि हुन् । लरेनको पनि आफ्नो पतिसँग पहिले नै सम्बन्ध टुटिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ