- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ब्रिटिश नम्बर एक टेनिस खेलाडी एन्डी मर्रेले टेनिस खेल जीवनबाट सन्यास लिने भएका छन् । हिप इन्जुरीको कारण पीडा खेपिरहेका मर्रेले यस्तो अवस्थामा अब खेल्न नसक्ने सुनाउँदै रोएका छन् ।
स्कटिश खेलाडी मर्रेले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका हुन् । उनले विम्बल्डन दुई पटक जितेका थिए ।
अष्ट्रेलिया ओपन खेल्न मेलबर्न पुगेका ३१ बर्षिय मर्रेले पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण सन्यासको सोच बनाएको बताए । मर्रेले अष्ट्रेलिया ओपन अन्तिम खेल हुने संकेत गरेका छन् ।
उनले निकै भावुक हुँदै भने –‘म पक्का छैन यो दुखाईबीच म अर्को ४–५ महिना खेल्नेछु । म विम्बल्डन जान चाहन्छु । तर, निश्चित छैन कि म यो गर्न सक्छु ।’
सन् १९८७ को मे १५ मा जन्मिएका मर्रे पूर्व विश्व नम्बर १ खेलाडी हुन् । ६ फिट ३ इन्च अग्ला मर्रेले २ विम्बल्डन र १ युए ओपन गरी तीन वटा ग्रान्डस्लाम जितेका छन् ।
करियरमा ६६३ खेल जित्ने क्रममा उनले ४५ वटा उपाधि जितेका छन् । डेढ वर्षदेखि इन्जुरीले संघर्षरत मर्रेको अहिलेको वरियता २३० हो ।