arrow

सय उत्कृष्ट पर्यटकीय स्थल मध्येको नाढिमन तालमा फ्रि वाइफाई

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
taal.jpg

सर्लाही । देशका सय उत्कृष्ट पर्यटकीय स्थलमा परेको सर्लाहीको चन्द्रनगर गाँउपालिकामा रहेको नाढिमन तालमा शुक्रबारबाट फ्रि वाइफाई जोन सेवा संचालन भएको छ ।  आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्ने उद्देश्यले फ्रि वाइफाई राखिएको हो ।

आज एक समारोहका बिच चन्द्रनगर गाँउपालिकाका अध्यक्ष महेन्द्र महत्तोको अध्यक्ष्यता तथा  प्रदेश सभा सदस्य उपेन्द्र महत्तोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फ्रि वाइफाई जोनको उद्घाटन गरिएको हो । यो सेबा सञ्चालनबाट पर्यटकको संख्यामा बृद्धि आउने विश्वास रहेको चन्द्रनगर गाँउपालिकाका प्रशासकिय अधिकृत टेक प्रसाद भट्टराईले बताए ।

देशका सय उत्कृष्ट पर्यटकीय स्थलमा नाढिमन ताल पर्नु सर्लाहीबासिको लागि खुशीको विषय भएको र अन्य पूर्वाधार पनि निर्माण गरेर उत्कृष्ट पर्यटकीय स्थल बनाउने प्रदेश शाभा सदस्य महतोले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ