काठमाडौ। नेपाली कांग्रेसको १३ औँ महाधिबेशन अन्र्तगत दोस्रो दिनको वन्द सत्र सुरु भएको छ।
भृकुटीमण्डपमा भर्खरै सुरु भएको वन्द सत्रमा हिजो पेश भएका दस्तावेजमाथि छलफल हुने छ। मध्यान्ह १२ बजे सम्म छलफल गरेपछि खाना खानकालागि २ घन्टा समय दिइएको छ।
त्यसपछि २ बजेबाट सुरुहुने बन्द सत्रले आजै सम्पूर्ण काम सक्ने प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो। साँझ ६ बजे सम्म चल्ने बन्द सत्रमा पार्टीको नीति तथा कार्यक्रम, महामन्त्री र कोषाध्यक्षको दस्तावेज पारित गर्ने छ।