कट्रिनाको यी गल्तीले दीपिका बनिन् सुपरस्टार


प्रकाशित

काठमाडौं । दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै पारिश्रमिक लिने नायिका हुन् । कुनै फिल्म खेलेको उनले १४ देखि १५ करोड भारु लिने गर्छिन् । यद्यपि उनी कट्रिना कैफको गल्तीको कारण अत्यधिक चर्चामा आएकी हुन् ।

कुनै समय अक्षयकुमार र कट्रिनाको जोडी निकै चर्चामा थियो । नमस्ते लण्डनपछि कट्रिना कैफलाई धेरै फिल्मबाट प्रस्ताव आएको थियो तर उनले अस्वीकार गरेकी थिइन् । पछि उक्त फिल्ममा दीपिका पादुकोणले अभिनय गरेकी थिइन्, जुसले उनलाईै सुपरस्टार बनायो ।
लामो समयदेखि कट्रिना कैफको फिल्म भने आएको छैन । उनले अस्वीकार गरेका सुपरहिट फिल्महरु यस्ता छन् –

ये जवानी है दीवानी
बलिउडमा निकै चर्चामा रहेको फिल्म जवानी है दीवानीको लागि कट्रिनालाई सुरुमा प्रस्ताव गरिएको थियो। उनले अस्वीकार गरेसँगै दीपिका पादुकोणले यो फिल्ममा अभिनय गरेकी थिइन्। यो फिल्मले एक सय करोडभन्दा बढी आम्दानी गरेको थियो।

चेन्नई एक्सप्रेस
शाहरुख खानको साथमा कट्रिना कैफको जोडी 'जब तक हे जान' मा निकै रुचाइएको थियो। यसपछि रोहित शेट्टीले आफ्नो आगामी फिल्म चेन्नई एक्सप्रेसमा पहिलो रोजाइको छनोटमा कट्रिना परेकी थिइन्। तर उनले अस्वीकार गरेकी थिइन् । त्यसपछि दीपिकाको भागमा यो फिल्म परेको थियो।

रामलीला
दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानी यो फिल्मबाट सुरु भएको थियो । अहिले यो जोडी बलिउडको सबैभन्दा लोकप्रिय जोडी बन्न पुगेको छ । यो फिल्मको लागि पनि कट्रिनालाई पहिलो प्रस्ताव गएको थियो तर उनले त्यसका लागि अस्वीकार गरेकी थिइन् ।

ह्याप्पी न्यु इयर
एकतर्फ दीपिका ठूला ठूला फिल्मबाट आएको प्रस्ताव स्वीकार गर्दै गइन् भने अर्कोतर्फ कट्रिना एउटै गल्ती दोहोर्‍याउँदै गइन् । ह्याप्पी न्यु इयर फिल्मका लागि पनि कट्रिनाले अस्वीकार गरेकी थिइन् । त्यसपछि यो फिल्म खेल्ने मौका दीपिकालाई मिलेको थियो ।

सिंघम
करिनाभन्दा पहिला यो फिल्मको रोल कट्रिनालाई प्रस्ताव गरिएको थियो । कट्रिनाले उक्त फिल्ममा अर्जुन र रणवीरजस्ता स्टार हुँदाहुँदै पनि फिल्म अस्वीकार गरेकी थिइन् ।

बजीराव मस्तानी
यो फिल्मलाई पनि अस्वीकार गर्नुले भने कट्रिनाको समस्या रणवीर सिंहसँग रहेको हुनसक्ने अनुमान गर्न थालिएको छ । यो फिल्मको अवसर पनि दीपिकालाई मिलेको थियो ।


प्रतिक्रिया :

नयाँ