arrow

गगन थापाले भने, ‘कांग्रेसको अवस्था भारतीय कांग्रेस आईको जस्तो हुनबाट जोगाउनु पर्छ’

‘उम्मेद्वारीको औचित्य प्रस्ट्याएर मत माग्दै थापा’

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg
काठमाडौं । कांग्रेस युवा नेता गगन थापाले आफ्नो उम्मेद्वारीको आचित्य प्रस्ट्याएर मत माग्न थालेका छन् । काठमाडौं क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधीहरुमाझ सम्बोधन गर्दै नेता थापाले अब नेपाली कांग्रेसको अवस्था भारतीय कांग्रेस आईको जस्तो हुनबाट जोगाउनु पर्ने भन्दै आफ्नो उम्मेद्वारी युवा र पाका नेताबीचको समन्वयका लागि भएको प्रस्ट्याएका हुन् । 
 
बाल्मिकी क्याम्पसमा भएको कार्यक्रममा थापाले क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनीधीहरुलाई सम्बोधन गरे । यस्तै, सुन्धारामा भएको कार्यक्रमा काठमाडौं क्षेत्र नम्बर ५ का महाधिवेशन प्रतिनीधीहरुमाझ समेत थापाले नेपाली कांग्रेसलाई युवाको जोस र पाकाको सल्लाहले अघि बढाउनु पर्ने भन्दै यो वा त्यो बहानामा अल्झिन नहुने बताए । 
 
आफ्नो उम्मेद्वारीका सम्बन्धमा प्रतिनिधीलाई थप प्रस्टयाउँदै थापाले अब कांग्रेस शक्तिशाली हुनबाट कसैले रोक्न नसक्ने तर्क गरे । थापाले भृकुटी मण्डपमा जारी बन्द सत्रलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ । थापाले कांग्रेस महामन्त्री कृष्णप्राद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेद्वारी दर्ता गराएका छन् ।



नयाँ