arrow

डोटी बस दुर्घटनाका घाइतेहरुलाई कांग्रेस सम्पर्क समितिको सहयोग

logo
प्रकाशित २०७५ पुष २७ शुक्रबार
help-bus-accident.jpg

डोटी। डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा परी गम्भीर घाइते भइ लामो समय सम्म काडमाडौंमा उपचारत घाइतेलाई नेपाली कांग्रेस डोटी काडमाडौं सम्पर्क समितिले नगद सहयोग हस्तान्तरण गरेको छ। 

डोटीको राजपुरमा अवस्थित सुजङ बोर्डिङ्ग स्कुलले संकलन गरेको रकम नेपाली कांग्रेस डोटी काडमाडौं सम्पर्क समितीका सभापति दीर्घ बहादुर बलायरले हस्तान्तरण गरेका हुन्। सम्पर्क समितीका सभापति बलायरले उपचार गरिरहेको अस्पतालमै पुगेर घाइतेहरुलाई रकम हस्तान्तरण गरेका हुन्।

सुजङका निर्देशक नरेश बलायरले रकम संकलन गरी समितिका सभापति बलायरलाई हस्तान्तरण गरेका थिए। उनले ट्रमा सेन्टरमा उपचार गरि रहेकी राधिका धामी, स्पाइनल अस्पताल साँगामा उपचारत महादेव रावत र मिना भुल तथा लोकेन्द्र महरालाई समग्रमा ३० हजार नगद हस्तान्तरण गरेका हुन्। 

राधिकाले आँखा देखे पनि अहिले सम्म बोल्न नसकेको र ठिक हुन अझै डेढ महिना भन्दा बढी लाग्ने सम्पर्क समितीका सभापति बलायरले जानकारी दिए ।

सम्पर्क समितिका सभापति बलायरले भने, ‘यता महादेव र मिनाको अवस्था पनि उस्तै छ । मेरुडण्डको अपरेशन गरेका द्वयको मेरुडण्डमा घाउ परेकाले अझै समस्या भईरहेको छ ।’ 

शिखर नगरपालिका ८, डोटीका १८ बर्षिय महादेवको बस दुर्घटनामा परि टाउकोमा चोट, दायाँ हात र शरीरको मेरुदण्ड भाच्चिएको थियो । उनका आमा र बुवा दुबै छैनन् । लोकेन्दको खुट्टा र गलाको अपरेसन गरिएको छ। 

गला र खुट्टामा रड राखिएका उनी डाक्टरको सल्लाह अनुसार उपचारमा आइरहनु पर्ने भएकाले काडमाडौं लामो समय बस्नु पर्ने भएको बताए। सोहि कारण घाइतेलाई उपचारका लागि सहयोग गर्न चाहनेहरुले नेपाली कांग्रेस डोटी काडमाडौं सम्पर्क समितीसँग सम्पर्क राख्न समितिका सभापति बलायरले आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ