arrow

राजनीतिक पूर्वाग्रह बिना सत्यतथ्य छानबिन गछौं : सभापति डिल्ली चौधरी

logo
प्रकाशित २०७५ पुष २८ शनिबार
dilli-chaudhary.jpg

बुटवल। प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडिमा अनियमितता बारे सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने बताएका छन्।

‘अनियमितता भन्ने समाचार बाहिर आएको छ, अब सत्यतथ्य को हो फाइल मगाएर त्यसको प्रकृया हेर्छौं, प्रकृया र फाइल भर्खरै शुरु मात्रै हेर्न शुरु भएको छ, हामी छिट्टै निश्कर्षमा पुग्छौं’

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै चौधरीले उनले आफु चढेको स्ट्रोम टाटा गाडि ५ हजार किलोमिटर नगुड्दै सकर भांचिएको बताए। चौधरी सकर फेर्न कंहि नपाएपछि खाल्डा खुल्डीमा धेरै समस्या भएको समेत सुनाए।

मेरो संलग्नता छैन : प्रमुख सचेतक ढकाल
नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले गाडि खरिदमा अनियमितता नभएको दाबि गरे। ‘इ टेण्डरमा २ कम्पनीले भाग लिए ,पत्रपत्रिकामा बाहिर आएका कुरा सबै सत्य होइनन्, यसमा मलाइ राजनीतिक ढंगले जोडिएको छ,यस्मा मेरो संलग्नता छैन।’उनले सत्तारुढ दलको तर्फबाट यसमा संलग्न जो सुकै भएपनि कडा कारबाहिको माग गरे।

‘जुन ढंगले मलाइ जोडेर समाचार आए ,राजनीतिक चरित्र हत्या गर्ने गरि समाचार आएको छ।’उनले भने। ‘सफल अटो बुटवलको टाटाको डिलर हो, यहा सफल अटोको कुनै संलग्नता छैन,’उनले भने तर समन्वय भएको हो।’ ‘सफल अटोले बेचेको होइन,सिप्रदीले हो, राजनीति गर्नेले चोर डाका पो गर्न हुदैन, कारोबार त गर्नुपर्छ नी’उनले भने।

‘प्रकृयाबाट किनेको हो,खसी बोका किने जस्तो मोलतोल गरेको होइन।२ वटा संस्थाले टेण्डरमा भाग लिए,७३ लाख भित्र दिनसक्ने ले पाए।’ ढकालको भनाइ छ। 

समृद्धि भ्रष्टाचारबाट शुरु भो : पाण्डे
संघीय समाजबादी फोरमका प्रमुख सचेतक सन्तोष पाण्डेले संसद र सरकारका गाडि खरिदमा अनियमितता भएको बिषयका बारेमा यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए। सार्वजनिक लेखा समिति छ, यो बिषयमा कडा छानबीन गरे अघि ल्याउनुस्, जनता समृद्धि हुने हो, नेतामात्र होइन।’उनले भने।

प्रदेश ५ मा संबृद्धिको सुरुवात भ्रष्टाचारबाट भएकोमा दुख प्रकट गरे। उनले मजदुरका लागि बाम गठबन्धन बनेको भन्दै चुनाबमा भाषणबाजी चलेको भन्दै अहिलको परिस्थिती ठिक बिपरित भएको धारणा राखे।

राजनीतिक दलका नेताहरुले गाडी खरिद होस् वा राजधानीका बिषयमा पनि। पुस २९ गते संसद चल्ने र त्यहा पनि संघीय समाजबादी फोरमले प्रश्न उठाउने भन्दै उनले सत्यतथ्य जनताकाबिचमा ल्याउन आफुहरुले पनि भूमिका खेल्ने पाण्डेको भनाइ थियो।

सरकारलाइ पहिलो गासमै ढुंगा लाएको उनको भनाइ  छ। रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा साक्षात्कार कार्यक्रम भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ