arrow

२०१९ मा तीनओटा आईफोन ल्याउँदै एप्पल, एउटामा ‘ट्रिपल क्यामेरा’

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २८ शनिबार
iphone3.jpg

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०१९ मा तीनओटा नयाा आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जसमध्ये एउटा आईफोनमा ट्रिपल क्यामेरा रहने बताइएको छ । यो मोडल आईफोनको कम मूल्यको एलसीडी मोडल हुनेछ । 

स्ट्रिट जर्नलकाअनुसार आईफोन एक्सआरको कमजोर व्यापारपछि पनि कम्पनीले एलसीडी आईफोन ल्याउने तयारी गरेको हो । त्यसका साथै दुई  प्रिमियम मोडल पनि सार्वजनिक गरिनेछ । यी दुई मोडलहरु आईफोन एक्सएसको आगामी दुई रेन्ज हुनेछन्  ।

आफ्ना प्रतिस्पर्धी कम्पनीहरुलाई चुनौती दिन आगामी आईफोनमा पहिलोपटक ट्रिपल क्यामेरा भएको आईफोन ल्याउन लागेको हो । त्यसका साथै एलसीडी आईफोनलाई अपग्रेड गर्न सकिने बताइएको छ । 

प्रतिवेदनमा बताइए अनुसार एप्पलले सन् २०२० मा एलसीडी विकल्प भने हटाउने भएको छ ।  २०२० मा एप्पलका ओएलईडी आईफोन मात्र आउने बताइएको छ । 

एक अर्को प्रतिवेदनअनुसार क्यामेराको प्रणालीमा लङ डिस्डेन्स टाइम अफ फ्लाइट (टीओएफ) टेक्नोलोजी विकासको लागि पनि एप्पल काम गरिरहेको छ । यो फिचरको प्रयोग सुरक्षा गेमिङ र एग्युमेन्ट रियालिटीको लागि प्रयोग गर्न सकिन्छ । नयाँ आईफोनको नाम आईफोन एक्सआई रहनसक्ने बताइएको छ । अहिले नयाँ आईफोन निर्माणको काम चलिरहेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ