arrow

ग्रामिण क्षेत्रको आर्थिक बिकास गरे उद्योग र व्यापारको बिकास : मुख्यमन्त्रि पोख्रेल

logo
मुरली गोडिया,
प्रकाशित २०७५ पुष २८ शनिबार
chief-minister-pokhrel-mela.jpg

बर्दिया। प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले ग्र्रामिण क्षेत्रको आर्थिक बिकासबाट मात्रै उद्योग र व्यापारको बिकास हुन सक्ने बताएका छन। स्थानिय जनताले अग्रसरता लिए मात्र मुलुक बिकास र समृद्धिको बाटोमा हिड्ने उनको भनाई छ। सबै दलहरुको उदेश्य बिकास र समृद्धि भएकाले राजनितिक खिचातानी भन्दा विकासका मुद्धामा केन्द्रित भएर साझेदारी गर्नु पर्ने बेला आएको बताए।

बर्दियाको बाँसगढीमा अयोजना गरिएको वाईवाई तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघ महोत्सवको उद्घाटनमा मन्त्रि पोख्रेलले यस्तो बताएका हुन। मुख्य मन्त्रि पोख्रेलले बर्दियामा पर्यटन बिकासको बलियो संभावना रहेको र पर्यटन र संस्कृतीको प्रबद्र्धनबाट आर्थिक बिकास गर्न सक्ने प्रवल संभावना रहेको बताए।

त्यस्तै बर्दिया क्षेत्र नं १ बाट निर्बाचित सघीय संसद सदस्य संजय गौतमले बर्दियामा ५२ प्रतिसत थारु समुदायको बसोबास रहेकोले थारु जातिमा देखिएको सीक्कलसेल एनिमियाँ उपचारको केन्द्र बिन्दु बर्दियालाई बनाईनु पर्ने बताए। बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मुल समारोह समितिका संयोजक रामसिंह थारुको अध्यक्षतामा भएको उदघाटन सत्रमा बिभिन्न समुदायको झाँकी प्रस्तुत गरीएको थियो। उद्घाटन समारोहमा बाँसगढी उद्योग वाणिज्य सँघका अध्यक्ष रामसिंह थारुले बिभिन्न माग सहितको ध्यानाकर्षण पत्र मुख्य मन्त्रि पोख्रेललाई बुझाएका थिए।

बाँसगढी बजारको पुर्ब पश्चिम राजमार्ग अन्तरगत उत्तर तर्फ संचालन भैरहेको महोत्सब माघ ८ गते सम्म संचालन हुने छ। महोत्सवको दोस्रो दिन लोकदोहोरी गायक पशुपति शर्मा, आधुनिक गायक राज सिग्देल, चर्चित मोडल आरुसी अस्लामी मगर लगायत राष्ट्रिय कलाकार, बर्दिया डान्स आईडल लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्रचार प्रसार उपसमिति संयोजक एकनारायण अधिकारीले बताए।

“कृषि, पर्यटन,उद्योग, व्यापार तथा संस्कृतिकोे पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने नारा सहित बाँसगढी उद्योग वाणिज्य सँघ बर्दियाको मुख्य आयोजना र सि.जि फुड्स ईन्टरप्राइजेज बर्दियाको मुख्य प्रायोजनमा सुरु भएको महोत्सवमा करिब २ सय स्टल रहेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ