arrow

जासुसीको आरोपमा पोल्याण्डमा समातिए हुवावेईका अधिकारी 

logo
एजेन्सी
प्रकाशित २०७५ पुष २८ शनिबार
huawei-phone.png

काठमाडौं । पोल्याण्डको गुप्तचर संस्थाले जासुसीको आरोपमा हुवावेईका अधिकारीलाई पक्राउ गरेको छ । वाङ वेईजिङ नाम गरेका अधिकारी गत मंगलबार पक्राउ परेको पोल्याण्डका अधिकारीहरुले जानकारी दिएका छन् । 

उनीसँगै एक पोल्याण्डको नागरिक पनि पक्राउ परेको बताइएको छ । 

हुवावेईले भने आफ्ना अधिकारी प्रक्राउ परेको विषयमा निकै गम्भीर रहेको बताएको छ । साथै यस विषयमा अध्ययन पनि गरिरहेको बताएको छ । 

हुवावेईमाथि चिनियाँ गुप्तचर संस्थासँग निकट सम्बन्ध रहेकोले हुवावेईको प्रयोगमा सुरक्षाको कुरा उठ्ने गरेको छ । इरान प्रतिबन्ध उलंघन गरेको आरोपमा गत महिना हुवावेईकी वित्तीय अधिकारी मेङ वानझोउ क्यानडामा पक्राउ परेकी थिइन् ।

हुवावेईको ५जी सेवाको उपकरणबारे सुरक्षाको चासो बढिरहेको कारण अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्डलगायतका मुलुकहरुमा हुवावेईका उपकरणहरुमा रोक लगाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ