arrow

बुढासुब्बाको उपाधि भिडन्त : मनाङ जित्ला कि पुलिस ?

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
foot.jpg.jpeg
सुनसरी । धरानमा जारी १८औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार (आज) हुँदैछ । उपाधिका लागि मनाङ मस्र्याङदी र विभागिय नेपाल पुलिस क्लब भिड्दै छन् । खेल दिउँसो ३ बजेपछी एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । 
 
मनाङ सेमिफाइनलमा विभागिय टोली सशस्त्र प्रहरीको एपीएफलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको थियो । यसैगरी पुलिसले रुपन्देही ११ लाई १–० ले हराएर फाइनल यात्रा तय गरेको हो । प्रतियोगिताको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ