arrow

आइफोन एक्सआरको मोल १९२ डलरसम्म घट्यो

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
i-phone-xr.jpg

काठमाडौं । आइफोनको नयाँ मोडल एक्सआर मोल १९२ डलरसम्म घटेको छ । चीनमा बिक्री कम भएपछि त्यहाँको स्मार्ट फोन बिक्रेताले १९२ डलरसम्म घटाएर दिन थालेका हुन् । 

चीनको ठूलोमध्येको एक सनिङले १२८ जीबीको आइफोनको मोल १०३६ डलर राखेकामा ८५८ डलरमै बिक्री गरेको हो । 

मूल्य बढी भएका कारण यो आइफोनको बिक्री निकै कम भइरहेको छ । स्थानीय हुवावे कम्पनीको स्मार्टफोनको तुलनामा आइफोन निकै महंगो भएकाले पनि बिक्री घटेको आर्थिक विश्लेषकहरु बताउँछन् । 

चीनमा अनलाइन बिक्रेताले पनि आइफोन एक्सआरको मुल्यमा कमी ल्याएका छन् । एक बिक्रेताले २५६ जीबीको आइफोन एक्सएस म्याक्सलाई १६२८ बाट घटाएर १४३६ डलर बनाएको छ । 

यसरी मोल घटाउँदासमेत यसको मूल्य निकै महंगो भएको बताइएको छ । यही आइफोन अमेरिकामा भने १२४९ डलरमा पाइन्छ । चीनमा अमेरिकामा भन्दा १८७ डलर महंगो भएको हो । 

सन् २०१७ को तुलनामा २०१८ मा आइफोनको बिक्रीमा ५ प्रतिशतले कमी आएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ