arrow

मृत्युसँग जोडिएका अनौठा तथ्यहरु

logo
प्रकाशित २०७५ पुष २९ आइतबार

काठमाडौं । जन्मेपछि मर्नुपर्छ, यो ध्रुवसत्य कुरा हो । यद्यपि विश्वमा मृत्युबारे धेरै अनौठा अथ्यहरु छन्, जुन धेरैलाई थाहा नहुन पनि सक्छ । जसमध्ये केही यहाँ उल्लेख गरिएको छ –

१. न्युयोर्क सहरमा हत्याको तुलनामा आत्महत्याबाट धेरै मानिसहरु मर्ने गरेका छन् ।

२. दाहिने हातले काम गर्नेको तुलनामा बायाँ हातले काम गर्ने मानिसहरु ३ वर्ष पहिला मर्ने गरेका छन् ।

३. शार्कको आक्रमणबाट भन्दा नरिवल टाउकोमा खसेर मानिसको मृत्यु हुने सम्भावना धेरै हुन्छ ।

४. अमेरिकामा मदिरा पिएको ड्राइभरको कारण प्रत्येक घण्टामा एक जनाको ज्यान जाने गरेको छ ।

५. सगरमाथामा दुई सयभन्दा बढी मानिसहरुको लाश त्यतिकै छाडिएको छ ।

६. विश्वमा प्रत्येक ४० सेकेण्डमा एक व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।  

७. शार्कले प्रतिवर्ष १२ जना मानिसको ज्यान लिने गरेको छ, जबकी प्रतिघण्टा ११ हजार ४ सय १७ शार्क मानिसहरुले मार्ने गरेका छन् ।

८. १९२३ मा जन्मिएका सबै सोभियत पुरुषमध्ये ८० प्रतिशत दोस्रो विश्वयुद्धमा मारिएका थिए ।

९. प्रत्येक ९० सेकेण्डमा गर्भावस्था वा प्रसवको कारण एक महिलाको ज्यान जाने गरेको छ ।

१०. प्रति वर्ष करिब ६ सय अमेरिकीको ज्यान खाटबाट बाहिर खसेको कारण हुने गरेको छ ।

११. विश्वभर गरीबीको कारण करिब २० हजार बालबालिकाको ज्यान जाने गरेको छ ।

१२. भारतमा प्रत्येक घण्टा दाइजोसँग सम्बन्धित अपराधको कारण एक महिलाको ज्यान जाने गरेको छ ।

१३. प्रत्येक वर्ष विश्वभर करिब ४ लाख ४० हजार मानिसहरु चिकित्साको गल्तीको कारण मर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ