arrow

'सरकारको दुई निर्णयले सांसदहरुप्रति अपमान, मर्यादाक्रमले सांसदलाई हेप्यो'

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
hari_adhikari.JPG

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारले सांसदहरुलाई हेपेको आरोप लागेको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरुले सरकारका निर्णयहरुले सांसदप्रति अपमान गरेको आरोप लागेको हो । 

बैठकमा बोल्दै सांसद हरिराज अधिकारीले सांसदहरुको आवासको लागि भनेर छुट्टाएको भैसेपाटीको जग्गामा मन्त्री आवास बनाउने भनिएको प्रति उनले आपत्ति जनाएका छन् । उनले अहिले सरकारले मन्त्री आवास बनाउने भनेर भनेको भैंसेपाटीको सोही जग्गामा सांसदहरुको आवास बनाउने भनेर निर्णय गरेको कुरा स्मरण गर्दै उनले कहिलेकाँही काठमाडौं आउने मुख्यमन्त्री र प्रदेश प्रमुखलाई त्यहाँ राख्ने भनेर गरिएको निर्णय गलत भएको उनको आरोप छ । उनले यो निर्णयले सांसदहरुप्रति अपमान समेत भएको उनले आरोप लगाए । 

त्यस्तै, गत मन्त्रिपरिषद्को निर्णयबाट सरकारले जारी गरेको मर्यादाक्रममाथि पनि पुनर्विचार गर्नको लागि उनले सरकारसँग आग्रह गरेका छन् । उनले यो निर्णयले पनि सांसद्हरु प्रति अपनाम भएको प्रतिक्रिया दिए । 

सरकारले हाल भएको मन्त्री निवासलाई १० वटा राजकीय अतिथि गृह बनाउने निर्णय गरेको थियो। सरकारले मन्त्री निवासको जग्गा अपर्याप्त भए राष्ट्रिय पुस्तकालय रहेको सरकारी जग्गासमेत उपयोग गरी अतिथि गृह बनाउने मन्त्रिपरिषद्‌ले निर्णय गरेको हो ।

संघीय सरकारका मन्त्रीहरुका लागि ललितपुर सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रमा २७ वटा आवास बनाइने निर्णय पनि गरेको थियो। सैंबुमा नै १ सय ४९ रोपनी चार आना ३ सय २८ दाम जग्गामा नै सांसद, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुखका लागि आवाससमेत बनाइने निर्णय सरकारले गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ