arrow

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पिट्यो, डेभिड मिलरको विष्फोटक व्याटिङ्

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
David-mller.jpg.jpeg
एजेन्सी । अष्ट्रेलियाविरुद्धको पहिलो टि–२० क्रिकेटमा दक्षिण अफ्रिकाले ३ विकेटको रोमान्चक जित हासिल गरेको छ । दरबाङ्गमा भएको पहिलो टि–२० जित्दै दक्षिण अफ्रिकाले ३ खेलको टि–२० श्रृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले दिएको १ सय ५८ रनको चुनौती दक्षिण अफ्रिकाले चार बल खेल्न बाँकी छँदै पार गरेको हो । 
 
दक्षिण अफ्रिका १९ ओभर २ बलमा ७ विकेट गुमाएर जित हात पार्न सफल भयो । दक्षिण अफ्रिकालाई जिताउन डेभिड मिलरले अविजित ५३ रन बनाए । कप्तान फाफ डु प्लेसिसले ४४ बलमा ४० रन बनाए । बलिङर्फ अष्ट्रेलियन बलर नाथन कौल्टर नाइलले ३ तथा एन्ड्रयू टे्य र मिचेल मार्शले एक–एक विकेट लिए । 
 
पहिले व्याटिङ् गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५७ रन मात्रै बनाउन सक्यो । उसका लागि आरोन फिन्चले ४० र अलराउण्ड प्रदर्शन गरेका मिचेल मार्शले ३५ रन बनाए । यस्तै, तेस्रो विकेटका लागि डेभिड वार्नरले २० रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक स्कोर गर्न  सकेनन् । अष्ट्रेलियन व्याटिङ कमजोर पार्न दक्षिण अफ्रिकी बलर इमरान ताहिरले ३ तथा डेभिड विस र कागिसो रबाडाले दुई–दुई विकेट लिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ