arrow

दीपिकाको 'डिप्रेशन' अब किताबमा

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
dipika.jpg

काठमाडौं‌ । बलिउड अभिनेत्री दीपिका पादुकोणको डिप्रेशन कथा किताबमा प्रकाशित हुने भएको छ ।  डिप्रेशनसँग दीपिकाको संघर्षको कथा एक किताबमा छापिने भएको हो ।

दीपिका पादुकोण प्राय डिप्रेशनको बारेमा खुलेर कुरा गर्ने गरेकी छन् । साथै मानिसहरुलाई सो विषयमा कुरा गर्नको लागि प्रेरित पनि गर्न गरेकी छन् । दीपिका कुनै समय डिप्रेशनको शिकार भएकी थिइन् । सो कुराको उनि आफैले खुलासा गरेकी थिइन् ।  दीपिकाले  डिप्रेशनसँग लडि रहेका मानिसहरुका लागि एक संस्था पनि खेलेकी छन् । अब उनको सो कथा बच्चहरुको एक किताबमा छापिने भएको हो । बच्चहरुको उक्त किताबको नाम ‘द डन्ट द्‍याट वेन्ट फर अ वक’ रहेको छ ।

सो किताबमा करिब ५१ पृष्ठ भारतीय महिलाहरुको कथा हुनेछ । जसद्वारा साना उमेरमा नै बच्चहरुलाई महिला सशक्तिकरणको बारेमा बताइनेछ । सो कथालाई चित्रको माध्यमबाट देखाइनेछ । जसलाई ५१ आर्टिस्ट्ले तयार गर्नेछन् । यसमा दीपिकाको कथा तयार गर्ने जिम्मेवारी रितु भट्टाचार्यले लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ