arrow

क्याथफोर्डको क्याथफेष्ट मेला सुरु, समाजका समस्याको समाधान प्रबिधिमार्फत खोजिने

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
kathfest-2019.jpg

काठमाडौं। ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट मेला सुरु भएको छ। “नेपालका समस्याहरूको समाधान” नारा दिइएको यस मेलामा नेपाली समाजले देखे भोगेका समस्यालाई प्रविधिमार्फत सम्बोधन गर्न खोजिएको बताउँछन्, कलेजका प्राचार्य डा. मधु सूदन कायस्थ।

सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङ, हाजिरी जवाफ लगायत विविध कार्यक्रमहरू समावेश छन्। विद्यार्थीहरूद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इन्जिनियरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीहरूको संलग्नता रहेको छ।  

प्रदर्शनीका लागि काठमाडौँ उपत्यकाका विविध स्थानहरूबाट विद्यार्थी, प्राज्ञ, उद्योगी/व्यवसायी, सरकारी वा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू तथा अन्य दर्शकहरूले अवलोकनमा सहभागि भएका छन्। आइतवारबाट सुरु भएको प्रदर्शनी सोमबारसम्म चल्नेछ।

Image may contain: one or more people and outdoorImage may contain: 6 people, people sitting

Image may contain: 5 people, indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ