arrow

चीनको यस्तो रेल, जसलाई चाहिँदैन लिग

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
china-train.jpg

काठमाडौं । पछिल्लो समय चीन विभिन्न किसिमको नयाँ आविष्कार तथा विकासको दिशामा अघि बढिरहेको छ । यस्तोमा विज्ञान, प्रविधि, अर्थतन्त्रलगायतका क्षेत्रहरुमा विश्वलाई नै चकित पार्ने किसिमको नतिजा पनि दिँदै आएको छ ।

यस्तै नयाँ आविष्कारको क्रममा गत वर्ष चीनले लिग नचाहिने रेल बनाएको छ । चीनको रेल कर्पोरेसनले तयारी पारेको यो रेलको लम्बाई १ सय फिटको रहेको छ । अझ महत्वपूर्ण कुरा यो रेल वातावरणमैत्री रहेको छ । यसलाई बजनाइएको सामान्य मार्गमा नै चलाउन सकिन्छ ।

यो रेल निर्माणको योजना सन् २०१३ मा सुरु भएको थियो । यसलाई निर्माणको लागि ४० करोड देखि ७० करोड चिनियाँ युआनको बीचमा खर्च भएको थियो । जसको निर्माण कार्य भने २०१७ मा सकिएको थियो तर २०१८ बाट मात्र यो रेल सञ्चालनमा आएको थियो ।

यसले प्रमुख चिनियाँ सहरहरुको सार्वजनिक यातायात थप सहज भएको छ । रेलको टायर रबरको प्रयोग गरिएको छ तर यसमा प्लास्टिकको प्रयोग गरिएको छ । चीनको यो प्रविधिको पेटेन्ट पनि गराएको छ ।

यो रेलको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा एकैसाथ ३ सय ७ यात्रुहरुले यात्रा गर्न सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ