arrow

स्वास्थ्यमा प्रयोग हुन थालेको ४ दशकपछि मात्रै पारमाणविक विधेयक संसदमा

सुरक्षा र बिसर्जनमै चुनौती

logo
प्रकाशित २०७५ पुष २९ आइतबार
necular-bill-parlinment-union.jpg

काठमाडौं। नेपाललाई पारमाणविक राष्ट्र बनाउने सम्बन्धी बिधेयक प्रतिनिधी सभामा छलफल को चरणमा छ। बिधेयकका लागि छलफलको चरणमा रहदा यसको प्रयोग स्वास्थ्य क्षेत्रमा ४ दशक अघि नै भएको पाइएको छ। 

न्युक्लियर अर्थात् पारमाणविकको प्रयोग स्वास्थ्य क्षेत्रको बिशेष गरी क्यान्सरको उपचारमा प्रयोग भइरहेको छ। क्यान्सरको उपचारमा रेडिएशन दिनका लागि न्यूक्लियर रेडिएशनको ब्यापक प्रयोग हुँदै आएको छ। नेपालमै पहिलो पटक रेडियो थेरापिबाट क्यान्सर उपचारका लागि रेडिएशन दिन रेडियोधर्मी पदार्थ प्रसुती गृहमा भित्रिएको थियो।

चार दशकअघि पाठेघरको क्यान्सर उपचारका लागि प्रसुती गृह थापाथलीमा रेडियम निडल्स आयात गरेर, पहिलो पटक प्रयोग गरिएको हो। बीर अस्पतालमै रेडियोधर्मी पर्दाथको प्रयोग भएको पनि दुई दशक नाघेको क्यान्सर रोग बिशेषज्ञ डा. तारा मानन्धरले जानकारी दिए। रेडियो थेरापीबाट उपचार शुरु गर्न त्यो बेला क्यान्सर न्युक्लियर मेडिसिनमा कार्यरत ए. के. बसुको सहयोगमा डा दिब्यरत र डा रामकुमार श्रीवास्तबले बीरमा जडान गर्न सहयोग गरेका थिए।

त्यो बेला बनारसमा रेडियो थेरापीका बारेमा अध्ययन गरेर काम शुरु गरेको डा तारा मानन्धरले सम्झिए। अहिले भक्तपुर, भरतपुर, पोखराको मणिपाल अस्पताल लगायतका केही नीजि अस्पतालमा न्यूक्लियर रेडियोधर्मीको प्रयोग भइरहेको छ। पाठेधर, स्तन, पेट, घाँटीको क्यान्सरका लागि रेडियो थेरापीको प्रयोग भइरहेको छ। न्यूक्लियर मेडिसिन, थाइराइड क्यान्सरमा स्क्रिनिंङ्गका लागि थोरै मात्रामा खान दिने समेत गरिएको छ।

न्यूक्लियर प्रयोगमा जोखिम
कोबाल्ट (क्यान्सर सेल मार्न प्रयोग गरिने एक खालको रेडिएशन) स्रोतबाट सुरक्षित रुपमा आयात गरी त्यसलाई जडान गर्नेदेखि बिरामीलाई प्रयोग गर्ने र स्वास्थ्यकर्मीलाई समेत प्रयोग गर्नेसम्ममा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। न्युक्लियर राखेको मशिनमा काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक सबैभन्दा बढी जोखिममा रहन्छन्।

लामो समय रेडिएशनमा काम गर्नेलाई हुने भनेको ब्लड क्यान्सर नै हो। तर चिकित्सक तथा स्वास्थ्यकर्मी, जो यो विभागमा काम गर्छन् उनीहरुको प्रत्येक साता स्वास्थ्य परीक्षण गर्ने गरिएको छ। त्यसबीचमा कसैलाई असर गरेको देखिएमा आराम गर्ने र औषधी खाने गरिन्छ। नियमित जाँच गरेर समयमै क्यान्सर लाग्नबाट बचाउने भएकाले काम गर्ने पनि सुरक्षित नै रहने, बीरमा २ दशक लामो समय रेडियोलोजी बिभागका प्रमुखका रुपमा काम गरेका मानन्धरको दाबी छ।

रेडिएशन स्रोत चुहावट भएर अहिलेसम्म वीरमा समस्या आएको छैन। तर सुरक्षा भने बिशेष रुपमा अपनाउन जरुरी छ। तर धेरै पटक र लामो समय कोबाल्टमा एक्सपोज भएका कर्मचारीले सुरक्षाका हिसाबले निश्चित समयपछि त्यो विभागबाट अन्त जान पनि सक्छन्। बिरामीलाई पनि आवश्यक डोजभन्दा बढी प्रयोग गरेको खण्डमा जोखिम निम्तन सक्छ। तर यसबारे चिकित्सकलाई राम्रो जानकारी हुने डा मानन्धरको अनुभव छ।

सबैभन्दा जोखिम
अहिले न्युक्लियरको चोरी हुन थालेको छ, अन्तर्राष्ट्रिय जगतमा। यस्तो अबस्था आउन नदिनका लागि अमेरिकाले हरेक कोबाल्टको स्रोत भएका स्थानमा सीसी क्यामेरा राखेर अनुगमन गरिरहेको छ। कोबाल्टको स्रोत चोरी गर्दा वा प्रयोगमा दुरुपयोग गर्न खोजेमा र रेडिएशन ग्यास लिकेज भएमा, यो हावामा फैलन्छ र बिषालु ग्यास फैलिएर जनस्वास्थ्यमा गम्भीर खतरा सिर्जना हुन्छ।

दुई दशकअघि बीर अस्पतालमा ल्याएको कोबाल्ट स्रोतले राम्ररी काम नगरेपछि तीनबर्षदेखि थन्किएको थियो। यो स्रोतलाई यही साता जहाँबाट ल्याएको हो त्यहीँ फिर्ता गर्न लागिएको छ। उनले कोबाल्ट ल्याएको मुलुकको नाम भने खुलाएनन्।

यसको विसर्जन (डिष्पोज), व्यवस्थापन निकै खतरनाक भएकाले यसलाई नेपालमै विसर्जन गर्न नहुने तर्क राख्छन् विश्लेषक राजेन्द्र महर्जन। अहिलेको विधेयकमा रेडियोधर्मी पदार्थको बिर्सजनबारे स्पष्ट नबोलेको र यसबिषयका बिज्ञसँग छलफल नै नगरी हचुवाको भरमा गहन अध्ययन बेगर फितलो रुपमा आएको प्रति विज्ञहरुले गम्भी चिन्ता व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ