arrow

कांग्रेस महाधिवेशन : उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
congress.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको निर्वाचनका लागि भएको मनोनय दर्ताको अन्तिम नामावली प्रकाशन भएको छ । केन्द्रीय निर्वाचन समितिले सूचना जारी गरेर अन्तिम नामावली प्रकाशन गरेको हो । केन्द्रीय सदस्यका केही उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिए पनि पदाधिकारीमा कसैले उम्मेद्वारी फिर्ता लिएका छैनन् । 
 
अन्तिम नामावली अनुसार ६३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । केन्द्रीय सदस्य खुलामा २५ सिटका लागि ९४ जनाले मनोनयन दर्ता गराएकामा ४ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । अब खुला केन्द्रीय सदस्यमा ९० जना उम्मेद्वार छन् । महिला आरक्षण ६ सिटका लागि ४० जनाले उम्मेद्वारी दर्ता गराएकामा २ जनाले फिर्ता लिए । महिला ६ सिटका लागि ३८ जनाबीच चुनाव हुनेछ । प्रदेश १ मा दुई सिटका लागि १८ जनाको उम्मेद्वारी परेकामा पाँच जनाले फिर्ता लिएपछी १३ जना चुनावी मैदानमा छन् । 
 
प्रदेश २ मा ६ जनाले मनोनयन दर्ता गराएकामा एक जनाले उम्मेद्वारी फिर्ता लिए । अब ५ जना छन् । प्रदेश ३ मा २५ जनाले उम्मेद्वारी दर्ता गराएकामा ७ जनाले उम्मेद्वारी फिर्ता लिएसंगै १८ जना चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, प्रदेश ४ मा १२ जनामा ३ जनाले मात्रै उम्मेद्वारी फिर्ता लिए । प्रदेश ४ मा अब ९ जना उम्मेद्वार छन् । प्रदेश ५ मा १६ जनामा ६ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । यसैगरी प्रदेश ६ मा ११ मध्ये ६ जनाले उम्मेद्वारी फिर्ता लिएपछि ५ जना दुई सिटको चुनावी दौडमा छन् । प्रदेश ७ मा आधाले उम्मेद्वारी फिर्ता लिए । १४ जनाले उम्मेद्वारी दर्ता गराएकामा ७ जनाले उम्मेद्वारी फिर्ता लिए । 
 
यसैबीच, आदिवासी जनजातीको ३ सिटका लागि ५० जनाले उम्मेद्वारी दर्ता गराएकामा १० जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । अब ४० जना चुनावी मैदानमा छन् । आदिवासी जनजातीको महिला आरक्षण २ सिटका लागि १४ जनाको उम्मेद्वारी परेकामा २ जनाले मात्रै फिर्ता लिए । 
दलिततर्फ  ३ सिटका लागि २१ जनाले उम्मेद्वारी दर्ता गराएकामा एक जनाले मात्रै फिर्ता लिए । दलित महिला आरक्षण २ सिटका लागि ६ जना मध्ये एक जनाले मात्रै उम्मेद्वारी फिर्ता लिए ।  मधेसीतर्फ ३ सिटका लागि १८ जनाले उम्मेद्वारी दर्ता गराएकामा ३ जनाले मात्रै फिर्ता लिए । अब १५ जना चुनावी दौडमा छन् । मधेसी महिला आरक्षणमा २ सिटका लागि १० जनाले उम्मेद्वारी दिएकामा एक जनाले मात्रै फिर्ता लिए । यस्तै, मुस्लिम आरक्षण १ सिटका लागि १० जनाको उम्मेद्वारी दर्ता भएकामा ४ जनाले फिर्ता लिएका छन् । ६४ पदका लागि ३ सय ७५ जनाले उम्मेद्वारी दर्ता गराएकामा ३ सय १२ जनाको अन्तिम नामावली प्रकाशन भएको छ । जनजाती सिटमा उम्मेद्वार धेरै छन् । ३ सिटका लागि ४० जना चुनावी दौडमा छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 



नयाँ