arrow

शिक्षकको पढाउने तरिकादेखि अमिताभ प्रभावित, भिडियो भाइरल

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
teacher-teaching.JPG

काठमाडौं । पढ्नका लागि विद्यार्थीलाई सबैभन्दा गाह्रो नयाँ भाषा हो । विशेषगरी मातृभाषाभन्दा अलग भाषा सिक्न सबैलाई समस्या नै हुन्छ । 

भारतको पटनाका एक शिक्षकले भने निकै रमाइलोसंग गीत गाउँदै अंग्रेजी भाषा सिकाएका छन् । 

उनले हालै भाइरल भएको भिडियोमा विद्यार्थीलाई स्वर र व्यञ्जन वर्ण (भवेल्स र कन्सोरेन्ट) मा फरक पढाइहेका छन् । 

यो विषयमा लेख्दै कवि कुमार विश्वासले सेयर गर्दै भनेका छन् –यदि पहिले नै यसरी आफूलाई पढाइएको भए काँग्रेस नेता शशी थरुरजस्तै अंग्रेजी बोलिन्थ्यो होला । 

बलिउड हस्ती अमिताभ बच्चनले यो भिडियोको तारिफ गर्दै सेयर गरेका छन् । 

यी शिक्षक र विद्यार्थी कुन विद्यालयका हुन् भन्ने अझै खुलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ