arrow

चिया बेचेको पैसाले २३ देश घुमे यी दम्पति

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
tea-seller.jpg

काठमाडौं । नेपाल लगायत बिभिन्न देशहरुमा चिया पिउने मानिसहरुको संख्या धेरै छ ।  मानिसहरुको जीवनको अभिन्न पेय पदार्थ बेनेको छ चिया  । भारतमा त झन् प्रधानमन्त्री नै चिया वेच्ने गर्थे भनिन्छ । चिया बेचेर कमाएको पैसाले एक दम्पति २३ देश घुमेका छन् ।

महिन्द्रा कम्पनीका प्रमुख आनन्द महिन्द्राल केरेलाको कोचिमा बस्ने जोडीको कथा ट्विटरमा ट्विट गरेका छन् । उनले ट्विटरमा लेखेका छन्  'विजयन र उनकी पत्नी मोहना अहिलेसम्म २३ देशको भ्रमण गरेका छन् । उनिहरु देशका सबैधन्दा धनि दम्पति हुन् ।'

१९६३ मा यी दम्पतिलेले आफ्नो सानो चिया पसल खोलेका थिए। जसको कमाइबाट उनिहरुको उद्देश्य विश्व घुम्नु थियो  । उनिहरुको पसलको नाम श्री बालाजी कफी हाउस हो । यस पसलबाटै चिया बेचेर उनीहरूले २३ देशको यात्रा गरेका छन्।

चिया बेचेर दुवैले दैनिक कम्तिमा ८०० रुपैया कमाउछन् ।  साथै बैंकबाट थोरै ऋण पनि लिएका छन् । विजयन र मोहनाले सिंगापुर, अर्जेन्टिना, ब्राजिल, पेरु जस्ता देशहरुको यात्रा गरिसकेका छन् ।  साथै ऋण चुक्ता गरेपछि  अन्य देशहरूको पनि यात्रा गर्ने  उनिहरुको उद्देश्य रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ