arrow

३६ प्रतिशत टिनएज युवतीमा यौन अनुभव

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
अमेरिका । अमेरिकाको इन्डियाना विश्वविद्यालयले यौन बानीव्यहोरासम्बन्धी गरेको अध्ययनअनुसार सत्र वर्षका युवतीमध्ये ३६ प्रतिशतले यौन सम्पर्क राखिसक्ने देखाएको छ । १४ देखि ९४ वर्ष उमेर समूहका ५ हजार ८ सय ६५ जनामाथि अनलाइनबाट गरिएको अध्ययनले सो तथ्य निकालेको हो । सिएनएनका अनुसार १४ देखि १७ वर्ष उमेर समूहका युवतीहरु सोही उमेर समूहका युवकभन्दा यौन सम्पर्क राख्न बढी इच्छुक हुन्छन् ।
 
साथै १४ वर्षका युवतीमध्ये १० प्रतिशतले यौन सम्पर्क राखिसक्ने अध्ययनले देखाएको छ । तर सोही उमेरका युवकमध्ये ४ प्रतिशतले मात्र यौन सम्पर्क राख्ने गरेका छन् । अध्ययनअनुसार पुरुष र महिलामा यौन अनुभव फरक हुन्छ । वयस्कहरुमा गरिएको अनुसन्धानमा ६५ प्रतिशत महिलाले उनीहरुका पुरुष पार्टनरले पूर्ण यौन सन्तुष्टि दिने जनाएको छ । त्यस्तै ८५ प्रतिशत पुरुषका अनुसार महिला पार्टनरले उनीहरुबाट चरम यौन सुख प्राप्त गर्छन् । न्यूयोर्क दैनिकका अनुसार ुटीन एजु युवकहरुमा कन्डम प्रयोगको संख्या बढेको छ ।
 
उनीहरुमध्ये ७९ प्रतिशतले पछिल्लो यौन सम्पर्कका बेला कन्डम प्रयोग गरेका थिए । अनुसन्धानअनुसार १८ देखि ३९ वर्ष समूहका महिलामध्ये १० प्रतिशतले हप्तामा दुईदेखि तीन दिन हस्तमैथुन गर्ने गरेका छन् । त्यस्तै २५ देखि २९ वर्ष समूहका महिला र पुरुषले टिनएजरुभन्दा बढी हस्तमैथुन गर्ने गरेको अनुसन्धानमा पाइएको छ । वयस्क महिलाहरुमध्ये ७ प्रतिशत र वयस्क पुरुषहरुमध्ये ८ प्रतिशत समलिङगी भेट्टाइएको छ ।
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ