arrow

दोस्रो पटक गरिव विद्यार्थीलाई न्यानो कपडा लिएर आए डा. खड्का

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
narayan-khadka1.jpg

उदयपुर । जाडोको समयमा सामुदायीक विद्यालयमा अध्यायनरत गरिब बालबालिकाहरुलाई उदयपुरका प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले न्यानो कपडा वितरण गरेका छन् । उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. खड्काले सोमबार त्रियुगा नगरपालिका १२ स्थित जनप्रेमी आधारभुत विद्यालयका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

एक कार्यक्रमका विच सोमबार बिहान विद्यालयमानै पुगेर प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले सो विद्यालयमा अध्यानरत २५० जना बालबालिकाहरुलाई न्यानो कपडा वितरा गरेका हुन् । न्यानो कपडा वितरण गर्न पुगेका नेता खड्का र प्रदेश सभा सदस्य तथा कांग्रेस उदयपुरका पूर्व पार्टी सभापती हिमाल कार्कीलाई विद्यालयमा अभिभावक तथा शिक्षकहरुले फुलमालाले स्वागत गरेका थिए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका उपप्रमुख देवी चौधरी, नेपाली कांग्रेस त्रियुगा नगर समिति सभापती सरोजकुमार बस्नेत, कांग्रेसका महासमिति सदस्य मोहरबक्श अली लगायतको उपस्तिथी रहेको थियो ।

यसै विच त्रियुगा नगरपालिका ५ स्थित पंचकन्या आधारभुत विद्यालय बुर्जाकान्लामा पनि सोमबार विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सो विद्यालयमा अध्यारत १६३ जना बालबालिकाहरुलाई डा. खड्काले कपडा वितरण गर्नु भएको हो ।

जाडोको समयमा बालकालिकाहरु न्यानो कपडाको अभावा शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने भावनाका साथ व्यक्तिगत पहलमा डा. खड्काले बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् ।

यस अघि चौदण्डिगढि नगरपालिका र वेलका नगरपालिकाका दुई विद्यालयका बालबालिकाहरुलाई पनि खड्काले न्यानो कपडा वितरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ