arrow

डा केसीलाई आइसीयुमा राखेर उपचार गर्नुपर्ने, इलाममा छैन 

काठमाडौं लैजाने पहल भएन 

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
govinda-kc-ilam.jpg

इलाम । गत पुस २५ देखि इलाममा आवरण अनशनमा रहेका प्रा डा गोविन्द केसीको अवस्था थप जटिल बन्दै गएको छ । शरीरमा एकदमै बढी समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष (आइसियु) मा राख्न चिकित्सकले सुझाव दिएका छन् । 

उनको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको सङ्क्रमण देखा परेको र मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका छन् । 

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए । 

इलाममा छैन आइसीयु 
इलाममा आइसीयु छैन भन्दा अचम्म नमाने हुन्छ । यही जिल्लाबाट नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता झलनाथ खनाल प्रधानमन्त्री बने । सुवास नेम्वाङ सभामुख बने । तर इलाम जिल्ला अस्पतालमा एउटा आइसीयु राख्न सकेनन् । 

यसको जानकारी डा केसी अनसन बसेपछि हुनुपर्ने दुर्भाग्य नै हो । डा केसीले उठाएका मागमा यो पनि पर्छ । काठमाडौंभर अस्पताल नै अस्पताल तर मोफसलमा औंलामा गन्न सक्ने ठाउँमा मात्र । 

काठमाडौं लैजाने पहल भएन 
डा केसीलाई काठमाडौं लैजाने पहल हुन सकेको छैन । सरकारी तवरबाट कुनै चासो नदेखाइएपछि कठिन भइरहेको छ । 

केपी शर्मा ओली नेतृत्वको सरकारले चासो दिइरहेको छैन । संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले यसअघि नै अनसन बस्नु पर्दैन ९५ प्रतिशत माग पूरा भइसके भनेका थिए । 

त्यसपछि निरन्तर मन्त्रीहरु र सत्ताधारी दलका नेताहरुले शरीर दुखाएको, कष्ट दिएको लगायतका प्रतिक्रिया दिइरहेका छन् । 

जसले भनिरहेका छन् उनीहरुलाई आफ्नो जिल्लामा कुनै सुविधा नभएकोमा पटक्कै गुनासो छैन । आफूहरु केन्द्रमा बस्लान् तर गाउँका आफ्ना मतदाता जेसुकै गरुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ