arrow

मुख्यमन्त्री राईले शुभकामना दिए बिदा दिएनन् 

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
sherdhan-rai-1.jpg

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति तथा माघी पर्व, २०७५ को अवसरमा शुभकामना दिँदै यस्ता चाँडपर्वहरुले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् ।  

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरुले भरिएको सुन्दर देश भएको बताउँदै मुख्यमन्त्री राईले जातीय तथा धार्मिक सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा यस मकर सङ्क्रान्ति तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षाल्लास पूर्वक धूमधामले मनाउने गरिएको बताए । 

तरुल लगायतका कन्दमुल तथा घिउ, चाकु, तीलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुसी साटासाट गरी मनाइले यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पुर्याएको मुख्यमन्त्री राईको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । 

शुभकामना दिए बिदा दिएनन् 
यो पर्वको उपलक्ष्यमा केन्द्र सरकारले सार्वजनिक बिदा दिएन । प्रदेश १ ले पनि बिदा दिएन । प्रदेश ४, ५ र ६ ले सार्वजनिक बिदा दिए । यसले अझै एकतामा बाँधिन समय लाग्ने देखाएको छ । विविधता नै एकता होला भन्ने अनुमान पनि गर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ