arrow

नेपाली फुटबल टोली हाँक्ने नयाँ प्रशिक्षक कोजी काठमाडौं पुगे

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
koji-nepali-foobal-coch.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नव नियुक्त प्रशिक्षक ग्योटकी कोजी काठमाडौ आइपुगेका छन् । जापानी राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कोजी युरोपियन क्लवबाट पनि फुटबल खेलिसकेका छन् । सन् १९९४ बाट व्यवसायिक प्रशिक्षण सुरु गरेका उनीसंग जापानको विभिन्न डिविजनका प्रशिक्षणको सम्हालेको अनुभव छ ।  
 
नेपाली टोलीसंग अनुबन्ध हुनु अघि थाइल्याणको ‘ए’ डिभिजन क्लवका मुख्य प्रशिक्षक थिए । दक्षिण एसियाली फुटबलसंग राम्ररी परिचित कोजीले सन् २००८–२००९ को साफ च्याम्पियनसिपमा भूटानको राष्ट्रिय टोलीलाई सम्हालेका उनले उक्त साफ च्याम्पियनसिपमा भुटानलाई सेमीफाइनल सम्मको ऐतिहासिक यात्रामा लगेका थिए । प्रशिक्षक कोजीलाई अखिल नेपाल फुटबलसंघ एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ