arrow

१२ फिटको गोही मारेर महिलाले लिइन् घोडाको बदला

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
grandm-aalligator.jpg

काठमाडौं । यदि तपाइँमा उत्साह छ भने उमेरले केही फरक पार्दैन भन्ने कुराको उदाहरण एक अमेरिकी महिलाले दिएकी छिन् । उनले हालसालै एक गोलीको सहयोगमा १२ फिटको गोहीलाई मारेकी हुन् ।

अमेरिकाको टेक्ससकी नातिनातिनाहरु भएकी हजुरआमाले उक्त गोही मारेकी हुन् । उनले उक्त गोहीको साथमा आफ्नो फोटो पनि खिचाएर सार्वजनिक गरेकी छिन् ।
 
महिलाले सो गोहीलाई आफ्नो फार्म हाउसनजिकै रहेको एक तलाउमा मारेकी हुन् । जसको तौल २६३ किलो रहेको बताइएको छ । जुडी कोचरान नाम गरेकी यी महिला टेक्ससको कस्वे लिभिङस्टोनकी मेयर पनि हुन् ।

उनले उक्त गोही मार्नुको कारण उनको घोडा रहेको छ । केही समयअघि उक्त गोहीले उनले प्रिय घोडालाई मारिदिएको थियो । त्यसैको बदलास्वरुप उनले गोहीलाई मारेकी हुन् ।
 
उनले अहिले मारिएको गोहीको केही भागलाई सजाएर राख्ने र बाँकी भाग मासुको प्रयोजनका लागि प्रयोग गर्ने बताएकी छिन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ