arrow

उम्मेद्वारी फिर्ता लिने ६३ मध्ये प्रदेशमा मात्रै ३५ जना (सूचीसहित)

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
congress-party-office-1.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता गराएका मध्ये ६३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । केन्द्रीय कार्यसमितिको ६४ पदका लागि ३ सय ७५ जनाले उम्मेद्वारी दर्ता गराएकामा ६३ जनाले फिर्ता लिएका हुन् । केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको अन्मि नामावली अनुसार केन्द्रीय सदस्य खुला तर्फका उम्मेद्वार सबै भन्दा बढी छन् ।
 
यसअघि खुलातर्फ ९४ जनाले उम्मेद्वारी दर्ता गराएकामा ४ जनाले मात्रै उम्मेद्वारी फिर्ता लिएका छन् । यसअघि सबै भन्दा बढी उम्मेद्वारी परेको प्रदेशमा अन्तिम नामावली प्रकाशित हुँदा ३५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । १४ सिटका लागि १ सय २ जनाले उम्मेद्वारी दर्ता गराएका थिए । अब, ६७ जनाले १४ सिटको प्रतिस्पर्धा गर्ने छन् । 
 
यस्तै, आदीवासी जनजातीतर्फका १० जनाले उम्मेद्वारी फिर्ता लिएपनि ३ सिटका लागि अझै कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । ५० जनाले उम्मेद्वारी दर्ता गराएकामा १० जनाले फिर्ता लिएपनि ४० जनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । केन्द्रीय सदस्यका उम्मेद्वारहरुले उम्मेद्वारी फिर्ता लिए पनि पदाधिकारीमा कसैले उम्मेद्वारी फिर्ता लिएका छैनन् । 
 

उम्मेदवारी फिर्ता

केन्द्रीय सदस्य खुलातर्फ  
निरु पोखरेल
रामचन्द्र पोखरेल
वासुदेव तिमल्सिना
सुवासकुमार पोखरेल
 
केन्द्रीय सदस्य महिला आरक्षणतर्फ  
विष्णु देवी पुडासैनी
शान्ती तिवारी
सावित्री वोगटी पाठक
 
केन्द्रीय सदस्य प्रदेश नं १ 
गोपाल कुमार वस्नेत
महेश थपलिया
वालकृष्ण थापा
शिव कुमार वस्नेत
हरि प्रसाद सापकोटा
 
केन्द्रीय सदस्य प्रदेश नं २
राजेन्द्र बहादुर अमात्य
 
केन्द्रीय सदस्य प्रदेश नं ३
कृष्ण प्रसाद सुवेदी
कृष्णलाल सापकोटा
देवी प्रसाद न्यौपाने
माईकल रामचन्द्र अर्याल
राजाराम कार्की
राजेन्द्र कुमार केसी (राजन)
शेषनाथ अधिकारी
 
केन्द्रीय सदस्य प्रदेश नं ४
कपिलदेव भुषाल
महेन्द्रध्वज जिसी
रोमी गौचन थकाली
 
केन्द्रीय सदस्य प्रदेश नं ५
कृष्ण किशोर घिमिरे
बुद्धि राम भण्डारी
मनोजमणी आचार्य
विष्णु राज आचार्य
सुरेन्द्र हमाल
हरि प्रसाद नेपाल
 
केन्द्रीय सदस्य प्रदेश नं ६
ऋषिकेश जंग शाह
खेमराज केसी
दिपेन्द्र कुमार खत्री
ध्रुवराज पुरी
भुपेन्द्रजङ्ग शाही
राजीव विक्रम शाह
 
केन्द्रीय सदस्य प्रदेश नं ७
अर्जुन जंग बहादुर सिंह
देवराज जोशी
देवराज देवकोटा
नैन सिंह महर
भक्त बहादुर बलायर
भरत बहादुर खडका
रण बहादुर रावल
 
केन्द्रीय सदस्य आदिवासी जनजाती आरक्षणतर्फ
आङटावा शेर्पा 
तुलसी नारायण श्रेष्ठ 
नवराज गुरुङ
पृथ्वी मान गुरुङ
प्रेम ध्वज लामा 
बालकृष्ण राई
मदनकृष्ण श्रेष्ठ
रामबहादुर गुरुङ
रामसमझ चौधरी 
लामाकार्पू तामाङ
 
केन्द्रीय सदस्य आदिवासी जनजाती महिला आरक्षणतर्फ
कृष्णा अमात्य
सीता कुमारी राना 
 
केन्द्रीय सदस्य दलित आरक्षणतर्फ
टेक बहादुर शैका (आउजी)
 
केन्द्रीय सदस्य दलित महिला आरक्षणतर्फ
बिष्णु माया परियार
 
केन्द्रीय सदस्य मधेसी आरक्षणतर्फ
भोला चौधरी
सनत कुमार मण्डल
सीताराम महतो
 
केन्द्रीय सदस्य मधेसी महिला आरक्षणतर्फ
गीता कुमारी यादव
 
केन्द्रीय सदस्य मुस्लिम आरक्षणतर्फ
अतहर कमाल मुसलमान
अब्दुल कलाम
मोख्तार अहमद
शेख रसिद अलि लाल बाबु
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ