arrow

देउवाको प्यानलबाट केन्द्रीय सदस्यका उम्मेद्वार को–को ? (नामावलीसहित)

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
deuba.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिका उम्मेद्वार वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट उम्मेद्वारी दिनेहरुको लगभग टुंगो लागेको छ । पदाधिकारी बाहेक ५६ जना केन्द्रीय सदस्यको टुंगा लागेको छ भने, प्यानलमा उठ्ने बाँकीले मा उठ्ने केन्द्रीय सदस्यमा आधाभन्दा बढीको टुंगो लगाएका छन् । बाँकी सदस्यहरुको भने शनिबार राति अबेरसम्म टुंगाएर आफ्ना प्रतिनिधिहरुलाई सूची उपलब्ध गराउने छ ।
 
पदाधिकारीमा देउवा सभापति, अर्जुननरसिंह केसी महामन्त्री र चित्रालेख यादव कोषाध्यक्ष घोषणा यसअघि नै भएको थियो । यस्तै, खुला सदस्यमा तीन , प्रदेश नम्बर ७  मा एक जना, महिला आरक्षणमा एक जना र दलितमा एक जना टुंगो लाग्न बाँकी छ । अन्यले समेत विवरण उपलब्ध गराउने बताइएको छ । उता, सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले पूरै प्यान घोषणाको तयारी तिब्र पारेका छन् । आइतबार निर्वाचनको कार्यक्रम रहेपनि हाल सम्म तीन वटै उम्मेद्वारले पूरै समूह घोषणा गरेका छैनन् । 
 
खुला केन्द्रीय सदस्य २५ सिटका लागि 
विमलेन्द्र निधि
गोपालमान श्रेष्ठ
कुलबहादुर गुरुङ
प्रकाशरण महत
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
बालकृष्ण खाँड
खुमबहादुर खड्का
गोविन्दराज जोशी
उदय शमशेर राणा
तारानाथ रानाभाट
लक्ष्मण घिमिरे
चिरञ्जीवी वाग्ले
पूर्णबहादुर खड्का
एनपी साउद
पुष्करनाथ ओझा
चन्द्र भण्डारी
विश्वप्रकाश शर्मा
डिना उपाध्याय
रामहरि खतिवडा
प्रदीप गिरी
मनमोहन भट्टराई
तीन जना टुंगा लाग्न बाँकी 
 
प्रदेश नम्बर १
अमृत अर्याल
भीष्मराज आङदम्बे
 
प्रदेश  नम्बर २ 
रमेश रिजाल
हरेश महतो
 
प्रदेश  नम्बर ३ 
मोहन बस्नेत
ध्यानगोविन्द रञ्जित / लोकश ढकाल
 
प्रदेश नम्बर ४
सुरेन्द्र पाण्डे
अर्जुन जोशी
 
प्रदेश नम्बर५ 
भरत साह
देवेन्द्र कँडेल
 
प्रदेश नम्बर ६ 
जीवनबहादुर शाही
गोपालजीजंग
 
प्रदेश नम्बर ७
वीरबहादुर बलायर
एक जना टुंगो लाग्न बाँकी 
 
मुस्लिम १ पदका लागि 
फरमुल्ला मन्सुर
 
आदिवासी जनजाती ३ पदका लागि 
महादेव गुरुङ
टंक राई
आङ गेलु शेर्पा
 
मधेसी खुला ३ पदका लागि 
महेन्द्र यादव
अजय चौरासिया
वीरेन्द्र कनौडिया
 
महिला मधेसी २ पदका लागि 
पार्वती डिसी चौधरी
मीनाक्षी झा 
 
महिला ६ पदका लागि 
अम्बिका बस्नेत
ईश्वरी न्यौपाने
डिला संग्रौला
पुष्पा भुसाल
उमा अधिकारी
एक जना टुंगो लाग्न बाँकी 
 
दलित खुला ३ पदका लागि 
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
एक जना टुंगो लाग्न बाँकी 
 
दलित महिला २ पदका लागि 
सुजाता परियार
लक्ष्मी परियार
 



नयाँ