arrow

जब हनुमानको रिसबाट बच्न शनिदेवलाई नारी बन्नु पर्‍यो

logo
प्रकाशित २०७५ माघ १ मंगलबार
sani-hanuman.jpg

काठमाडौं । हनुमानलाई संकटमोचन अर्थात् संकट निवारण गर्ने देवताको रुपमा लिइन्छ। । साथै शनिदेवलाई कर्मफलदाता मानिन्छ भने दुःखको कारक पनि मानिन्छ । यद्यपि शनिदेवको नारी स्वरुपको बारेमा भने धेरैलाई थाहा नहुन पनि सक्छ । एकपटक हनुमानको रिसबाट बच्नका लागि शनिदेवलाई नारीको रुपमा धारण गर्नुपरेको थियो ।

भारतको गुजरातमा भावनगरको सारंगपुरमा हनुमानको एक प्राचीन मन्दिर रहेको छ । यो मन्दिरलाई कष्टभजन हनुमानको नामले चिनिन्छ । यो मन्दिरमा हनुमानको पाउमा नारीको रुपमा शनिदेव बसेका छन् ।  हुनमान सबै नारीलाई सम्मान गर्छन् तर उनी बाल ब्रह्मचारी हुन् । यस्तोमा उनको चरणमा कुनै नारी हुनु आश्चर्यको कुरा हो । यद्यपि यसबारे एक पौराणिक कथा छ ।

प्राचीन मान्यताअनुसार एकपटक शनिदेवको प्रकोप निकै बढेको थियो । उनको प्रकोपको कारण जनताहरु ठूलो कष्टको सामना गरिरहेका थिए । यस्तोमा मानिसहरुले हनुमानको प्रार्थना गरेर शनिदेवको प्रकोप शान्त पारिदिन आग्रह गरेका थिए । हनुमानले यो कुरा सुनेपछि शनिदेवप्रति क्रोधित हुँदै उनीसँग युद्ध गर्न गए ।

जब शनिदेवलाई हनुमान युद्धका लागि आउँदैछन् भन्ने कुरा थाहा भएसँगै उनी निकै डराएका थिए । उनको रिसबाट बच्नका लागि नारीको रुप धारण गरेका थिए । हनुमान आएसँगै शनिदेव उनको पाउमा पर्दै माफी मागेका थिए । त्यसपछि शनिदेवले जनतामाथिको आफ्नो प्रकोप हटाएका थिए ।

त्यसैले शनिको दोषबाट पार पाउनका लागि उल्लेख्य संख्यामा मानिसहरु कष्टभजन हनुमानको दर्शन गर्न आउने गरेका छन् । यहाँ सच्चा मनले पूजा गरे त्यस्ता व्यक्तिलाई शनिको प्रकोपको सामना गर्नु नपर्ने जनविश्वास रही आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ