काठमाडौं । कांग्रेस कार्यवाहक सभापति एवं सभापतिका उम्मेद्वार रामचन्द्र पौडेलले आफु र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुने बताएका छन् । बन्दसत्र पछि संचारकर्मीबीच पौडेलले भने, ‘अरुको के कुरा भो र शेरबहादुर जी र मबीच नुनावी प्रतिस्प्रर्धा हुन्छ । संचारकर्मीले तपाईको प्रतिस्पर्धा को संग हुन्छ ? तपाईको आत्माले के भनिरहेको छ ? भन्ने जिज्ञासा राख्दा पौडेले भने, ‘तपाईहरुलाई साँच्चै भनौं, अहिले म जहाँ जहाँ गए त्यहाँ साथीहरुले अहो साथीहरुले हामीले चुनाव जितिसक्यौं, भनिरहेका छन्, प्रकाश जी र म बाहिर यसो साथीहरुमाझ जाँदा ल साथीहरु हामीले चुनाव जितिसक्यौं भने निकै उत्साह छ, यस्तो पा को छु मैल ।’
विजय उत्सव मनाउने तयारी गरे जस्तो अनुभव भइरहेको सुनाउँदै पौडेलले संविधान सभा निर्वाचनको प्रसंग झिके । उनले बेलिविस्तारमा भने, ‘म अघिल्लो निर्वाचनमा प्रचारमा मेरो गाउँ गइरहेको थिए । गाउँ घुमेर तल मोटर चढ्ने ठाउँमा पुग्दा मसंग रहेका अंक रक्षक पुलिस इन्सपेक्टरले भने, ‘होइन मैले आज सम्म कहीँ देखेको थिएन, कुनै नेतालाई यसरी देखेको थिएन, जसको चुनाव प्रचारमा हिंडेको हो की, चुनाव जितेर यो सम्मान खान हिँडेको हो, मैले केही बुझ्न सकिन भनेको थियो ।’ पौडेलले यति भन्दा संचारकर्मीहरु गलल हाँसे । पौडेलले आफुहरुले लोकतान्त्रिक गरिरहेको सुनाउँदै कसैले धैर्य गुमाउन नहुने बताए ।
भड्किलो प्रचार किन ?
पौडेलले जमानानुसार हरेक मान्छेका हरेक चाहाना हुने भन्दै नेता कार्यकर्ताले रमाइलो गरेकोलाई भड्किलो प्रचार भन्न नमिल्ने बताए । पौडेलले ठट्टा गर्दै भने, ‘मलाई भड्किलो लागिरहेको छ, पूरानो भएर होला ।’
सरकारको बारेमा केही भन्न चाहन्न
पौडेलले कांग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुने भन्ने जिज्ञासाबारे भने आफुले केही भन्दिन–भने । सरकारका बारेमा हामीले केही सोचेका छैनौं, पौडेलले भने, ‘सरकारको काम कारवाही गम्भीर रुपमा हेरिरहेका छौं ।’ सरकारको नेतृत्व गर्नेकुरा बाहिरकाले भनेका हुन् कांग्रेसले भनेको छैन । महाधिवेशनपछि मात्रै सरकारबारे सोच्ने पौडेलले बताए ।